Sindhul Dainik

नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा प्रदर्शनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु

Advertisement

२० पौष, सर्लाही – नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा एकजनाको मृत्यु भएपछि बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकले अवस्था तनावग्रस्त बनेको भन्दै  बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो। 

समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर कर्फ्यु आदेश जारी गरेको हो। 

यो क्षेत्रभित्र आवतजावत गर्न, भेला गर्न, हिँडडुल गर्न, कुनै पनि प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी शुक्रबार साझ ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। 

आदेशको अवज्ञा गर्ने जोकोहीलाई प्रहरीले हदैसम्मको बल प्रयोग तथा कानुनअनुसार कारबाही गर्ने आदेश पत्रमा उल्लेख गरिएको छ।

बरहथवा नगरपालिका– ६ स्थित १५ शय्याको नगर अस्पताल नगरको मातहतमा राख्ने वा प्रदेशमातहतमा लगेर ५० शय्यामा स्तराेन्नति गर्ने भन्ने विवाद उग्र बन्दा एकजना आन्दोलनकारीको ज्यान जानुका साथै एकजना गम्भीर घाइते भएका थिए। 

मृतक र घाइतेलाई प्रहरीको गोली लागेको आन्दोलनरत समूहले दाबी गरे पनि प्रशासन कार्यालयले स्वतन्त्र पुष्टि भने गरेको छैन।

शुक्रबार दिउँसो शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीको समूहले नगरपालिका र मेयर कल्पनाकुमारी कटुवालको घरमा तोडफोड र आगजनी गरेका थिए। आगजनीबाट घरमा सामान्य क्षति पुगेकाे छ भने घरअगाडि पार्किङमा रहेको नम्बर नखुलेको भारतीय नम्बर प्लेट भएको निजी कारमा पूर्ण क्षति पुगेको छ।

घटनामा बरहथवा नगरपालिका– ६ निवासी अन्दाजी ३०–३२ वर्षका जयशंकर साहको मृत्यु भएको छ। बरहथवा नगरपालिका– ८ टाडीनिवासी अभिशेष राम गम्भीर घाइते भएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...