Sindhul Dainik

कसुर प्रमाणित नभई व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ति

Advertisement

१८ माघ, काठमाण्डौं – व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ।

आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कसुर प्रमाणित नभई पक्राउ गरेको भन्दै पक्राउ प्रक्रियामा आफूहरूको विमति रहेको बताए।

‘हाम्रो भनाइ पक्राउ गर्नै नपाउने भन्ने होइन, प्रक्रियाको इस्यु हो। कमसेकम आफ्नो कुरा राख्ने मौका दिनुपर्छ। अनुसन्धान गर्ने, सोधपुछ गर्ने हो भने बोलाइन्छ र सोधपुछ गरिन्छ। त्यसपछि प्रमाणित भए पक्राउ गर्दा हाम्रो कुनै विमति छैन। तर, कुनै सूचना नदिई सीधा अफिस, घरमा बसेको व्यक्तिलाई पक्राउ गर्नुमा हाम्रो विमति छ,’ अध्यक्ष अग्रवालले भने, ‘उहाँ एउटा प्रतिष्ठित व्यवसायी हो, बोलाएको भए उहाँ आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्नुहुन्थ्यो।’

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...