Sindhul Dainik

आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

Advertisement

१९ माघ, काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी हिउँदे अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य-मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको हो ।

बैठकले सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानूनहरु निर्माणमै चासो नदिएको निष्कर्ष निकाल्दै आगामी अधिवेशनमा बाँकी कानूनहरु निर्माण गर्न दबाब दिने गरी भूमिका निभाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार शुक्रबारको बैठकमा विगतका अधिवेशनको समीक्षा समेत भएको थियो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले बिगतमा खेलेको भुमिकाको समिक्षा भयो । अब हिउँदे अधिवेशनमा कस्तो भुमिका निभाउने र हामीले कस्ता मुद्दाहरु उठाउने भनेर पनि छलफल भयो,’ उनले भने, ‘सभापतिजीले लगभग एक हप्ताअघि नै सम्पूर्ण सांसदहरुलाई तीन वटा प्रश्न पठाउनुभएको थियो । ती प्रश्नहरुमा आएका जवाफहरुका विषयमा छलफल भयो ।’

संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । रास्वपाले त्यसैको तयारीका विषषयमा छलफल गर्न शुक्रबार दलको बैठक राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...