Sindhul Dainik

लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

Advertisement

२७ माघ, काठमाण्डौं – लगातार दोस्रो जितसँगै नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको छ।

रोहित पौडेल र देव खनालको उत्कृष्ट साझेदारीले नेपालले क्यानडाविरुद्धको तीन खेलको शृंखला २-० ले जितेको हो । पौडेल र खनालले १६४ बलमा १५० रनको साझेदारी गरेका हुन् ।

शनिबार क्यानडाविरुद्धको भएको दोस्रो खेल ४ विकेटले जितेसँगै नेपालले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार नेपालले पहिलो खेल ७ रनले जितेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालको तर्फबाट अनिल साह, रोहित पौडेल र देव खनालले अर्धशतक पूरा गरेका थिए । साहले २० बलमा ३ छक्का र ७ चौका प्रहार गर्दै ५० रन बनाए । साह एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बने ।

यस्तै पौडेलले १०१ खेली ४ छक्का र ८ चौकाको मद्दतबाट ८७ रन बनाए भने खनालले ८१ बल खेल्दै २ छक्का र ७ चौका हान्दै ७६ रन बनाए ।

नेपालको तर्फबाट आसिफ शेखले १०, भीम सार्कीले २३, पवन सर्राफले १४, कुशल मल्ल र सोमपाल कामीले ९-९ रन बनाए ।

पहिलो इनिङ्समा क्यानडाका आरोन जोन्स र नभनित ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरे क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर कप्तान रोहित पौडेल र कुशल मल्लको उत्कृष्ट बलिङमा नेपालले राम्रो पुनरागमन गरे पनि तल्लोक्रममा ब्याटरले क्यानडालाई राम्रो स्कोरमा पुर्‍याए ।

डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी यो साझेदारी तोडेका थिए । ढालिवालले ६० बल खेली ८ चौका प्रहार गरी ४६ रन बनाए । जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेली १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए ।

प्रगत सिंह ३८ बलमा ६ चौका प्रहार गर्दै ३८, निकोलस कीर्तन २९ बल खेली २ चौका प्रहार गरी २० रन बनाई आउट भए । हर्ष ठाकेर ३, आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदजाई १३ रन बनाई आउट भए ।

श्रेयस मोभ्भा र उदय भगवालले नवौं विकेटमा ४६ रनको साझेदारी गरे । मोभ्भा इनिङ्सको अन्तिम बलमा आउट भए । उनले ४२ बल खेली ४ चौका प्रहार गरि ४० रनमा आउट भए । भगवानले १५ बलमा अविजित २२ रन बनाउनेक्रममा समान १ चौका र छकका प्रहार गरे ।

रोहित र कुशलले २–२ विकेट लिए । रोहितले ८ ओभरमा ३२ र कुशलले १० ओभरमा ५१ रन खर्चे । सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १–१ विकेट लिए । सूर्यको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...