Sindhul Dainik

मन्त्री र एनसेलको रोजाइका पात्र भण्डारीलाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियूक्ति गर्ने योजना

Advertisement

५ फागु, काठमाण्डौं — नेपाल दूरसंचार प्राधिकरणको  अध्यक्ष पदको लागि दरखास्त दिनेहरुको ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता प्रकृया आज सकिंदैछ ।

मिति २०८० माघ १४ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्खास्त दर्ता गराएका २५ जनाको यहि फाल्गून २ गतेबाट मन्त्रालयले प्रकृया अगाडी बढाएको थियो ।

दरखास्त दिनेहरुमा, रोहित रौनियार र देवनारयण यादवको २ गते, सुरेश कुमार कार्की, प्रकाश बराल, नागेन्द्र कुमार दास, डा. नन्द विक्रम अधिकारी, माधव प्रसाद रेग्मी र सागर नाथ उपाध्यायको ३ गते, शुसिल ओझा, राम देव यादव, नविन जि.सी., जनार्दन भट्ट र लक्ष्मी प्रसाद पण्डितको ४ गते  ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता सकिएको छ ।

त्यस्तै अनिल झा, डा. दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भुपेन्द्र भण्डी, पंकज कुमार दास, गोकर्ण प्रसाद सिटौला, चित्र सिंह बुढाथोकी मगर र कमल प्रसाद खनालको ५ गते सकिंदैछ ।

आवेदक मध्ये मैनेजर प्रसाद साह कानु, डोलिन्द्र प्रसाद शर्मा र गिरिन्द्रराज अधिकारी तोकिएको दिनमा उपस्थित भएनन् । त्यसत चित्र सिंह बुढाथोकी मगर र कमल प्रसाद खनालले पनि उपस्थिती हुन नसक्ने जानकारी दिएको बुभिएको छ ।

सहभागी मध्ये भुपेन्द्र भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका रोजाईमा परेका पात्रहुन । भण्डारीलाई अध्यक्ष बनाउन मन्त्री शर्मा जोडवलका साथ लागेकी छन् । उनै भण्डारीलाई अध्यक्ष बनाउन स्वघोषणा फारममा सूचना भन्दा फरक अवस्था राखेर बर्तमान कर्मचारीहरुलाई सहभागी हुन नपाउने ब्यवस्था गरिएको थियो ।

एनसेलको फाइनान्स सेक्सनका उपप्रमुख भईसकेका भरत रिजाल र फाइनान्स सेक्सनकै एकाउण्ट म्यानेजर भैसकेका विष्णु प्रसाद भण्डारी सहितको सहभागितामा खोलिएको कम्पनी रियाण्डा विज सर्भ को डाइरेक्टर भईसकेका भुपेन्द्र भण्डारी स्वयं पनि एनसेलका पुर्व कर्मचारी हुन् ।

सुत्रका अनुसार भुपेन्द्र भण्डारीलाई अध्यक्ष बनाउन एनसेलका पूर्व शेयर होल्डर र अहिलेका हिडन प्लेयरहरु डा. उपेन्द्र महत्तो र राजबहादूर सिंह तथा बर्तमान शेयरहोल्डर शतिसलाल आचार्यहरु लागेकोले उनी मन्त्रीको रोजाईका पात्र भएका हुन् ।

एनसेलको शेयर खरिदबिक्री प्रकृयामा नेपाल सरकारलाई छलेको विषय विवाद भइरहँदा मन्त्रीले भण्डारीलाई बोक्नुलाई रहस्यमय रुपमा हेरिएको छ । प्रधानमन्त्रीको बफदार मन्त्रीले राज्यको कर छली गर्ने कम्पनीले उभ्याएको कुनै एक ब्यक्तिलाई यसरी बोक्नुमा कतै प्रधानमन्त्रीको पनि एनसेललाई चोख्याउने चाहना त हैन भन्ने प्रश्न जनमानसमा उब्जीएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...