Sindhul Dainik

संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलायो

Advertisement

१४ फाल्गुन, काठमाण्डौं – बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।

प्रहरी निरीक्षकको कमान्डमा खटिएका उनीहरूलाई आज फिर्ता बोलाएर अर्को टोली पठाइएको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

उच्च सुरक्षा भनिएको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र सोमवार दिउँसो लघुवित्त पीडितहरू छिरेका थिए । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर उनीहरू भित्र छिरेका थिए ।

प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेका थिए । गेटभित्र छिरेपछि नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...