Sindhul Dainik

एमाले र कांग्रेसले सहकार्य गरे प्रधानमन्त्री पुष्पकमल दाहाल को राजनीतिक भविष्य के के हुँने: विश्वप्रकाश शर्मा

Advertisement

३० फागुन, काठमाडौं  – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न गरेका छन्।

बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा भाग लिँदै शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यात्रा कहाँ पुग्छ भनी प्रश्न गरेका हुन्।

‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो,’ शर्माले भने, ‘कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू!’

त्यस्तै शर्माले देशमा विश्वासको खडेरी परेको बताउँदै भने, ‘गजबचाहिँ के छ भने वर्षमा तीन पटक उहाँ विश्वास पाउनुहुन्छ। अचम्मसँग विश्वास पनि प्राप्त गर्नुहुन्छ। जबकी यो देशमा सबैभन्दा खडेरी यही विश्वासको परेको छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु।’

प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै शर्माले भने ‘राजनीतिक रूपमा अविश्वास छ, गणितीय रूपमा विश्वासको जोहो हुँदैछ,’ ।

महामन्त्री शर्माले माओवादी केन्द्र र कांग्रेसको सत्ता गठबन्धन टुटेपछि राजनीतिमा अपमानित गर्ने बोली बन्द भएको उल्लेख गर्दै  राजनीतिमा सभ्य भाषाको प्रयोग हुनुपर्ने धारणा राखे ।

शर्माले भने, ‘राजनीतिमा तिक्त आलोचना गर्ने र गालीको कुटिर उद्योग चलाउने जुन चलन थियो नि, यो गठबन्धन टुटिसकेपछि त्यो गालीको कुटिर उद्योग बन्द भएको अवस्था छ, लोडसेडिङमा परेको अवस्था छ तत्कालका लागि ।’

राजनीतिमा होच्याउने र मानमर्दन गरेर बोल्न नहुने शर्माको भनाइ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै शर्माले भने, ‘विगतमा हेर हेर कांग्रेसको गति, ३२ सिटेको पछि लागेको छ । यो देशको एउटा पूर्वप्रधानमन्त्रीले भन्नुभयो, उहाँको नाम बिर्सिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...