Sindhul Dainik

प्रधानमन्त्रीले संसदमा प्राप्त गरे १५७ जनाको विश्वासको मत

Advertisement

३० फागुन, काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा १५७ जनाको विश्वासको मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्।

२ सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा १ सय ५७ मत पर्‍यो भने विपक्षमा १ सय १० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वास मतका लागि प्रस्ताव पेश गरेका थिए।

कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँच दलीय गठबन्धन बनाएका थिए। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी छन्। प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिएका छन्।

प्रधानमन्त्रीको विपक्षमा कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपाले मत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...