Sindhul Dainik

प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सकिन्छ: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा

Advertisement

३ चैत्र, काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्‌लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला ढुवानी व्यवसायी महासंघ नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले कांग्रेस संसद्लाई अवरुद्ध पार्ने पक्षमा नरहेको बताएका हुन् ।

कार्यक्रममा खतिवडाले कानून निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सकिने भन्दै त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

‘अहिले संसद्‌मा अलिकति खच्याकखुचुक भएको तपाईहरुले देख्नुभएको छ । यो संसदीय व्यवस्था हो । कहिले मन्त्रीजीहरुले हिजो, अस्तिसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौं । तर हामी यति प्रतिवद्धता जाहेर गर्न चाहन्छौं कि हामी संसद्लाई बन्धक बनाएर जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर राख्दैनौँ,’ उनले भने, ‘एउटा संसदीय पद्धति अनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं । हाम्रो संसदीय पद्धति अनुसार हामी समानुपातिक समावेशी कुरा गरेर हिँडेका छौं । समानुपातिक पद्धति आवश्यक छ । सबै जात, वर्ग, सम्प्रदायलाई उच्च ठाउँमा पुर्‍याउनु पर्नेछ ।तर हाम्रो मानसिकता के भएको छ भने समानुपातिकमा नीतिको होइन, नेताको । नेताको छोडेर नाताको, नाताको छोडेर दाताको ल्याउने प्रवृत्ति छ । यसलाई अन्त्य गर्नुपर्छ ।’

सांसद खतिवडाले देश निर्माण गर्ने मनसाय भए नेताहरुले पार्टीभन्दा माथि उठ्नुपर्ने बताए । ‘संविधानमा केही कुरामा संशोधन गरौं । समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔं । प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौं,’ उनले भने, ‘स्थिर सरकार बन्न सक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैं टालाटुली बटुली गरेर देशमा परिवर्तन ल्याउन सकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...