Sindhul Dainik

कृष्णबहादुर महरालाई अस्पताल लगियो

Advertisement

५ चैत्र, काठमाडौं – सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं  पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पताल लागिएको छ ।

उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । ‘परीक्षण पछि कस्तो रिपोर्ट आउँछ त्यसअनुसार भर्ना गर्ने/नगर्ने भन्ने टुंगो लाग्छ,’ स्रोतले भन्यो, ‘उहाँको स्वास्थ्य अवस्था कमजोर भएपछि इमरजेन्सीमा राखेर उपचार भइरहेको हो ।’

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...