Sindhul Dainik

उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने केपी शर्मा ओलीको विश्वास

Advertisement

१७ चैत्र, काठमाडौं –  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले उपनिर्वाचनमा काँग्रेसलाई जिताउन नमिल्ने भन्दै ‌एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम- २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने तर्क ब्यक्त गरे । साथै उनले यस उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी पनि गरे ।

२०७९ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतलाई स्मरण गर्दै ओलीले आगामी उपनिर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने विश्वास गरेका हुन् । ‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौं । त्यतिबेला कांग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिंगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस । त्यतिबेला हामीले हराइदिएका थियौं । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिष्पर्धी छैन । हामी जित्छौं,’ उनले भने, ‘बझाङ प्राविधिक हिसाबले कुनै बेला हारेका थियौं । तर आज त्यहाँ समाजवादी पार्टीको भोट, माओवादी पार्टीका भोटले त्यहाँ कांग्रेसले जितेको थियो । आफ्नै बलमा, आफ्नै तागतमा होइन । हामीले १३ हजार ६ सय ल्यायौं । उनीहरूले १६ हजार ३ सय ल्याए । ४ हजार माओवादीको छ । १६ हजारमा ४ हजार घटाइ दिनुस्, १२ हजारमा आयो । समाजवादी पार्टीको २ हजार छ । त्यो घटाइ दिनुस १० हजारमा आयो । मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...