Sindhul Dainik

तीन नेता दाहल, देउवा र ओलीबीच भेटबार्ता

Advertisement

१८ चैत्र, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा संसद्‌, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नतालाई लिएर संसद्‌ अवरुद्ध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संवैधानिक परिषद् बैठक पनि आइतबार बिहानै डाकिएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ । यी विषयहरुमा छलफल गर्न प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र एमाले अध्यक्ष ओलीलाई बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...