Sindhul Dainik

एमाले सिन्धुलीको आठौं अधिवशेनको तयारी पुरा

Advertisement

सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन बुधबारबाट सुरु हुने भएको छ ।
एमाले सिन्धुलीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनका लागि प्रतिनिधि छनोट लगायतका सम्पूर्ण व्यवस्थापन पुरा भएको जनाएको छ ।
बुधबार सिन्धुलीमाढीमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले प्रचार विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिए ।
बुधबार र बिहिबार हुने जिल्ला अधिवेशका लागी प्रतिनिधि छनोट कार्य सम्पन्न गरिएको नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिए ।

अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५ सय १४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटि सदस्य (आयोजक) १ सय ३० सल्लाहकार २५ र मनोनित ३९ गरी कुल ७ सय ८४ जना प्रतिनिधि छनोट गर्नेकार्य सकिएको छ ।
अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुने छन् ।
‘युवाको सहभागिता अग्रजको सम्मान, जबजको मार्गदर्शनमा हाम्रो अभियान, एकताबद्ध गतिशिल र सुदृढ पार्टी निर्माणका लागि आठौं जिल्ला अधिवेशन’ भन्ने मुलनाराका साथ आयोजना हुने अधिवेशनका लागि विभिन्न ११ वटा उप समितिहरुको गठन गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले सिन्धुली इन्चार्ज खेम लोहनीले अधिवेशमा सर्वसम्मत नेतृत्व चयन हुने बताए ।
उनले भने, ‘पार्टीको अधिवेशलाई पर्वका रुपमा लिएका छौं । यसले पार्टीभित्रका अन्तरविरोधलाई हल गर्दै आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने छ । यसले मिसन ८४ का लागि एकताको शन्देश समेत दिनेछ ।’

उता आठौं महाधिवेशनमा जिल्ला नेतृत्वका लागि एमालेका पाँच जना नेताले दावी गरेका छन ।
एमाले सिन्धुलीको अधिवेशन मिति नजिकिएसंगै जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष कुमार बहादुर कार्की, नेताहरु खड्गबहादुर खत्री, डम्बर कार्की, नारायण बराल र महेन्द्रदेव श्रेष्ठल दावी गर्दै आएका छन ।
खत्री कमलामाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन । श्रेष्ठ एमाले कमलामाई नगरकमिटिका वर्तमान अध्यक्ष हुन् भने डम्बर कार्की पूर्वप्रदेश कमिटी सदस्य हुन । बराल एमाले जिल्ला कमिटिका वर्तमान सचिव हुन । उनि सातौं जिल्ला अधिवेशनमा सर्वसम्म सचिवमा चयन भएका थिए ।
अधिवेशनका पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलश ढुंगेल, केन्द्रीय सदस्य तथा रमेछाप इन्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी, मनोजजंग थापा, कमलजंग राई, उमा कोइराला, सुवास देबकोटा, निरु दर्लामी लगायतका उपस्थिती रहेको थियो ।
नेकपा एमाले सिन्धुलीका प्रचार प्रसार विभाग प्रमुख संजय कुमार दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन सचिव नविनबाबु अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...