Sindhul Dainik

सिन्धुलीका मिटरब्याज पिडितको जिल्ला प्रशासनमा धर्ना

Advertisement

सिन्धुली  । सिन्धुलीका मिटरब्याज पिडितहरू आन्दोलित भएका छन् । सयौंको संख्यामा रहेका पिडितहरु सोमबारबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा न्याय माग्दै धर्नामा बसेका हुन् ।
दुधोैली नगरपालिकाका झण्डै १ सय बढी पिडितहरू सोमबार रातभर खुल्ला आकाशमै बसेर न्याय मागिरहेका हुन् ।
मिटर ब्याज पिडित संघर्ष समितिका संयोजक वर्ष बहादुर विश्वकर्माका अनुसार मिटर ब्याजिका विरूद्ध उजुरी गरिएको भएपनि उल्टै अदालतमा मुद्दा हालेर घर जग्गा खालि गर्न भनेपछि पिडितहरु संगठित भएर आन्दोलनमा उत्रनु परेको हो ।

उनले भने, ‘एकै गाउँका सात जनाको घरबार एकै व्यक्तिले उठाएको छ । ११ लाख पैसाको एक करोड २५ लाख रूपैयासम्म मिटर ब्याज उठाए पनि घरजग्गा फिर्ता नगरी उल्टै खालीगर्न धम्की आउन थालेको छ ।’
पिडितहरूले मिटर ब्याजीहरू कमलामाई नगरपालिका १४ चन्दनपुरका विनोद गुप्ता, दुधौली नगरपालिकाका वृजनारायण शाह, अरूण महतो, मनोज कुमार नायक, प्रमोद कवाडी, दिप्ती कवाडी, अरूण महतो, आशेष नायक लगायतलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने, पिडितको घर जग्गा फिर्ता गर्नु पर्ने, आदालतको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग गरेका छन ।
मिटर व्याजी विनोद गुप्ताले स्थानीय धनसरिया अधिकारी र बेच्नी कुमरको घर जग्गा खालिगर्न दवाव दिएका छन । यस्तै मिटरब्याजीले सिन्धुली जिल्ला अदालतमा उपेन्द्र अधिकारी, प्रेमलाल अधिकारी, चैति अधिकारी, लिलावती राउत विरुद्ध झुटा विवरण राखि मुद्धा हालिएको गुनासो छ ।

पिडित लिलदेव अधिकारीका अनुसार स्थानीय मनोज नायक संग विभिन्न पटक गरि ११ लाख रुपैयाँ लिएको अहिले ब्याज बढाएर १ करोड २५ लाख दिनु पर्ने कागज गराएका छन । अधिकारी अपाङ्ग समेत हुन । उनि पनि आन्दोलनमा सहभागि छन ।
यस्तै दुधौली नगरपालिका १० मंगलपुरका घुसकी अधिकारी, फुलकुमारी अधिकारी, कुमारी कुभर, दयावती अधिकारी, मनसरी अधिकारी, चैती अधिकारी, मेसल अधिकारीको ५६ कठ्ठा घरखेत स्थानीय अरुण महतोले जम्मा २६ लाख रुपैयाँमा आफ्नो नाममा कब्जा गरेका छन ।
अभियान्ता विजय थापाका अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा यस अघि मिटरब्याजी विरूद्ध दिएको उजुरीहरू समेत हराएको र प्रशासनले यस अघि गराएको छलफलहरुको कुनै रेकर्ड नभएको आरोप लगाए ।
‘तत्कालिन प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल हुँदा कार्यालयमा दुबै पक्षविच छलफल हुदा गरिएका सहमति समेत लुकाईएको छ । मिटर ब्याजिहरूले दैनिक रूपमा घर र जग्गा खाली गर्न भन्दै दवाव लिने गरेका छन,’ उनले भने ।

छलफलमा घर जग्गा फिर्ता गर्ने बताईए पनि कसैको फिर्ता भएको छैन । पिडितका सबैको घरजग्गा मिटर ब्याजीले आफ्नो नाममा रजिष्ट्रेशन पास गराएर लिएका छन । सरकारले मिटर ब्याज पिडितहरूको मागलाई सम्बोधन गर्न आयोग गठन गरेको छ ।
तर, जिल्लाका मिटर ब्याजीहरूले खुलेआम पिडितहरूलाई थप पिडा दिएर मर्नुनबाँच्नुको अवस्थामा पु¥याएको पिडित धनसरिया अधिकारीको गुनासो छ ।
उता पिडतहरूले आफ्ना मागहरूका बारेमा सम्बोधन नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अघि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई कार्यालय प्रवेशमा समेत अवरोध सिर्जना छन ।
उनिहरूले विनोद गूपतालाई पक्राउ गरि कार्वाही गर्नुपर्ने, झुटा विवरण हालेर अदालतमा दर्ता गरिएको मुद्धा फिर्ता लिनुपर्ने, पिडितको घरजग्गा फिर्ता गर्नुपर्ने, दुधौलीमै पिडितको गुनासो सुन्ने इकाई गठन गर्नुपर्ने, पिडक विरुद्ध उजुरी गर्न जिल्ला प्रशासनमा डेक्स राख्नुपर्ने, लघुवित्तको ज्याजदी र चरम शोषण बन्द हुनुपर्ने माग गरेका छन ।
उता प्रमुख जिल्ला अधिकारी भरत खनाले पिडितहरूका मागका विषयमा स्थानीय प्रशासन गम्भीर रहेको भन्दै सरकारले गठन गरेको आयोगको निर्णय र सरकारको माथिल्लो निकायको निर्देशन अनुसार कारबाही अघि बढाईने बताए ।
उनले भने, पिडितहरुले विनोद गुप्तलालाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन । हामी त्यसतर्फ अघि बढ्ने छौं । उहाँहरुसंग छलफल गरेर छिट्टै न्यायको प्रकृया अघि बढाउने छौं ।’
जिल्लामा दुधौली नगरपालिकाबाट मात्र मिटरब्याजी विरुद्ध १३ वटा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...