Sindhul Dainik

सामुदायिक विद्यालयमा बालबालिका पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

Advertisement

सिन्धुली । जिल्लाका स्थानीय पालिकाले पालिका मातहतका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराएर पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश गरेको छ ।
अधिवक्ता लोकहरी अचार्यले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो ।
उच्च अदालत पाटनका न्यायधिश रामेश्वर रेग्मीको एकल इजालशले मंगलबार यस्तो परमादेश दिएको हो ।
अधिवक्ता लोकहरी आचार्यको रिट उपर उत्प्रेषण÷परमादेश दिँदै कमलामाई नगरपालिका सहित तिन विपक्षीका नाममा यस्तो आदेश गरिएको हो ।
जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनीक पदधारण गरेका व्यक्तिका बालबालिकाहरुलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यायमा भर्ना गराउनु पर्ने निर्णय गरेका थिए ।

स्थानीय पालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार भन्दै जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनीक पदधारण गरेका व्यक्तिका बालबालिकाहरुलाई निजी विद्यालयमा पढाए र निर्णयको कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।
उक्त निर्णयका विरुद्ध अधिवक्ता लोकहरी आचार्य र लिलानाथ घिमिरेले वहस गरेका थिए । अदालतको यस्तो आदेश संगै पालिको निर्णय कार्यान्वयन नहुने भएको छ ।
उक्त वहस पछि उच्च अदालत पाटनले विपक्षीलाई निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई सूचना प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्रमा आफै वा प्रतिनिधि मार्फत अदालतमा उपस्थित हुन समेत भनेको छ ।
आदेशमा भनिएको छ, ‘रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मको लागि कमलामाई नगरपालिकाको मिति २०८० फागुन १६ को निर्णय र चैत्र १ गतेको पत्र कायान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ वमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
स्थानीय पालिकाको निर्णयले नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी विद्यालयमा अध्ययनरत बातबालिका र अभिभावकहरु अन्यौंलमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...