सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेलको टावरमा शक्तीशाली कुकर बम बिष्फोट गराइएको छ । बिहिबार बिहान करिव पौने तिन बजेको समयमा टवरमा बम बिष्फोट गराइएको हो ।
बिष्फोटबाट टावरको बाक्समा क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए ।
रातको समयमा टावर परिषरको उत्तरतर्फको तारको जाली काटी भित्र प्रवेश गरेर बम बिष्फोट गराइएको पाईएको खड्काले बताए । ठुलो विष्फोटक वस्तु पड्कीएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विष्फोट लगतै प्रहरी घटना स्थलमा पुगेको बताइएको छ ।उक्त टावर परिषर भित्र र बाहिर जनमुक्ती सेना लेखिएको १५ थान पर्चा पम्प्लेट समेत फेला पारिएको छ । घटनामा संलग्न अपरिचित व्यक्तिको खोजतलास भईरहेको खड्काले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुशन्धान थालेको जनाएको छ ।
यसैविच गएको २ गते पनि सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलीकमको टावरमा कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलीकमको टावर तथा घरमा क्षेती पुगेको थियो । उक्त घटनामा समेत जनमुक्ती सेना लेखिएको पर्चा तथा पम्प्लेट फेला पारिएको थियो ।



