Sindhul Dainik

एमाले सिन्धुलीको मतदन सुरु, अध्यक्षमा कार्की र श्रेष्ठविच प्रतिस्पर्धा

Advertisement

सिन्धुली ३०, चैत्र । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशबाट नेतृत्व छनौटका लागि मतदना सुरु भएको छ ।
एमाले सिन्धुलीको आगामी नेतृत्वका लागि सिन्धुलीमाढी स्थित बागवानी केन्द्रमा शुक्रबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि केही ढिलागरी सुरु भएको मुख्य निर्वाचन अधिकृत पदम मगरले जानकारी दिए । मतदानबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित हुनेछन् भने पाँच जना मनोनित हुनेछन् ।
यसैविच एमाले सिन्धुलीको अध्यक्षका लागि दुई जनाको उमेद्वारी दर्ता भएको छ । निवर्तमान अध्यक्ष कुमार कार्की (रामकुमार) र कमलामाई नगर कमिटिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठविच प्रतिस्पर्धा हुँदै छ ।
उपाध्यक्षका लागि निवर्तमान उपाध्यक्ष कर्ण घिसिङ र खड्गबहादुर रजन मगर विच प्रतिस्पर्धा हुँदै छ ।
सचिवमा पनि दुई जनाको प्रतिस्पर्धा छ । निवर्तमान सचिव नारायण बराल र नवराज थिङले उमेद्वारी दिएका छन ।
यस्तै दुई उपसचिवमा ७ जनाको उम्दवारी परेको छ । उपसचिवका लागि शंकर कुमार कार्की, कुमार शर्मा, राजु बराल, दिपेश बराल र टिकबहादुर कार्की खुल्लामा प्रतिस्पर्धा गर्दै छन भने मिथुला कुमारी घिमिरे प्याकुरेल र पार्वती भट्टराई विच महिला उपसचिवका लागि प्रतिस्पर्धा हुँदै छ । लेखा समितिको संयोजकमा संजय कुमार दाहाल निर्विरोध निर्वाचित भएका छन । उनिसंगै ३६ जना सदस्यहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
अन्य सदस्यहरुमा युवाहरुको उमेदवारी धेरै परेको छ । खुल्ला, भुगोल, समावेसी सदस्यहरुमा भने मतदान भईरहेको छ ।
मतदानमा सात सय ८४ जना प्रतिनिधिले भाग लिन पाउने छन । शुक्रबार (आज) साँझ ६ बजेसम्म मतदान गर्न सकिने मुख्य निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिए । मतदान सकिएपछि शुक्रबारनै मतगणना कार्य सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...