Sindhul Dainik

एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

Advertisement

सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ भारी मतले विजयी भएका छन् ।
बुधबारबाट सुरुभएको आठौँ अधिवेशनबाट जिल्ला कमिटिको अध्यक्षमा श्रेष्ठ ४ सय ४१ मत प्राप्त गर्दै विजयी भएका हुन ।
श्रेष्ठले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की (रामकुमार) लाई १ सय ३७ मत अन्तरले पराजित गरेका हुन् । कार्कीले भने ३ सय ४ मत मात्र प्राप्त गरेका छन ।
श्रेष्ठ एमाले कमलामाई नगर कमिटिका अध्यक्ष हुन भने कार्की निवर्तमान जिल्ला अध्यक्ष हुन ।
यस्तै कर्णबहादुर घिसिङ उपाध्यक्षमा दोहोरीएका छन । उनले खडगबहादुर रजन (धिरज) लाई ५३ मतले पछि पार्दै दोस्रो पटक उपाध्यक्ष पदमा बाजी मारेका हुन । घिसिङले ३ सय ९४ मत प्राप्त गरेका छन भने धिरजले ३ सय ४१ मत पाएका छन ।
मुख्य निर्वाचन अधिकृत पदम बहादुर मगरका अनुसार अधिवेशनबाट सचिव पदमा नवराज थिङले ४ सय १ मत प्राप्त गर्दै विजयी भएका छन । उनकोे निकटतम प्रतिद्वन्द्वी नारायण बरालले ३ सय २८ मत प्राप्त गरे । बराल सातौं अधिवेशनमा सर्वसम्मत सचिवमा चयन भएका थिए ।
उपसचिव (खुलातर्फ) दिपेश बराल र महिला तर्फ पार्वती भट्टराई विजयी भएका छन । बरालले २ सय ३५ मत प्राप्त गरि विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी कुमार शर्माले १ सय ५६ मत, राजु बरालले १ सय ५१, टिकाबहादुर देवकोटाले ९७ र शंकर कुमार कार्कीले ४५ मत प्राप्त गरेका छन ।
उपसचिव (महिला) मा भट्टराईले सर्वाधिक ४ सय ८४ मत पाएर विजयी भएकि हुन । उनको प्रतिद्वन्द्वी मिथुला कुमारी घिमिरेल २ सय २० मत पाएकी छिन ।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शुक्रबार मतदान भएको थियो । निर्वाचनमा कुल सात सय ८३ मतदाता रहेकोमा ७ सय ५४ जनाले मतदान गरेका थिए । एक सय पाँच जना जिल्ला कार्यसमितिमा चयनका लागि भएको निर्वाचनमा सदस्यहरुको मतगणना भने भोलीसम्मका लागि स्थागीत गरिएको छ । यस अघि लेखा समिति संयोजकमा संजय कुमार दाहाल लगायत ३६ जना सर्वसम्मत चयन भईसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...