Sindhul Dainik

यस्ता छन सिन्धुलीमा नयाँ वर्षमा घुम्न जान सकिने स्थानहरु

Advertisement

राजन गाउँले
सिन्धुली । शनिवारबाट नेपाल सम्बत् परिवर्तन हुँदैछ । नयाँ वर्ष २०८१ को अवसरमा प्रायः मानिसहरु नयाँ नयाँ ठाउँमा पुग्ने र त्यसको अध्ययन अवलोकन गर्ने शोचमा हुनेगर्दछन् । यस्तै शोचमा तपाई सिन्धुली जिल्लालाई केन्द्र बनाएर घुम्न आउदै हुनुहन्छ भने तपाईका लागि यि स्थानहरु अकर्षक गन्तव्य बन्न सक्नेछन ।

राजधानी काठमाण्डौंबाट दुई घण्टाका समयमा सिन्धुली प्रवेश गर्न सकिन्छ । पूर्वी नेपाल र तराईका जिल्लाहरुबाट पनि दुई घण्टाकै विचमा सिन्धुली जिल्लामा आउन सकिन्छ । बनेपा–सिन्धुली–बर्दिबास (विपी) राजमार्ग, हेटौंडा–गाईघाट–चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै छोटो दुरीमा रमाइलो यात्रा गर्दै सिन्धुली आइपुग्न सकिन्छ ।
सिन्धुली जिल्ला घुम्न आउनेहरुले यहाँको आकर्षक धार्मीक तथा पर्यटकीय स्थलको अवलोकन गर्न सक्ने छन भने सुविधा सम्पन्न होटल तथा रिसोर्टहरुमा आरमदायी बास बस्न सक्ने छन ।

सिन्धुलीगढी : जिल्लाको प्रमुख गन्तव्यको रुपमा रहेको सिन्धुलीगढी हो । सिन्धुली जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको सिन्धुलीगढी नेपाली विर गोर्खालीहरुले साम्राज्यवादी वृटिस अंग्रेज सेनाहरुसंग भएको युद्धमा विजय प्राप्त गरेको ऐतिहासिक स्थल हो । यो सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ३ मा अवस्थित छ । सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो ।
यहाँ नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ भने भग्नावशेष रानिदरबारको समेत हालै निर्माण सम्पन्न गरिएको छ । यस स्थलमा हरेक कात्तिक २४ गते भव्यरुपमा विजयोत्सव मनाउने गरिएको छ । यहाँ संस्थागत तथा पारिवारीक पिकनीक सहित गौरीशंकर हिमाल, महाभारत क्षेत्रको हरियाल वन जंगलहरु देख्न सकिन्छ भने नजिकै रहेको जुनार बँगैचाका अवलोकन गर्न सकिन्छ ।

सुनकोसी जलयात्र : राजधानी काठमाण्डौंबाट वीपी राजमार्ग हुँदै आउँदा सुनकोसी गाउँपालिकासंगै सिन्धुली जिल्लाको प्रबेश गर्न सकिन्छ । जिल्लामा भित्रने पर्यटकहरुले सुनकोसी गाउँपालिका भित्र पर्ने विपी राजमार्गको मनमोहक दृष्य, सुनकोसी नदीमा साहसिक जलयात्रासंगै सुविधासम्पन्न होटहरुको सुविधा पाउने सकिन्छ ।
नयाँ वर्षमा सिन्धुली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले सुनकोसी गाउँपालिकामा नेपालथोक देखि मुलकोटसम्म सुनकोसी नदीमा शाहसिक र आनन्ददायि जलयात्राका लागि राफ्टीङ गर्न सक्ने छन ।
सिन्धुली जल, कृषि, वन, जडीबुटी जस्ता पर्यापर्यटनका साथै ऐतिहासिक, धार्मीक, सांस्कृतिक तथा मौलिक कला पहिचान सहितको पर्यटकीय सम्भावना बोकेको जिल्ला हो ।

हरिहरपुरगढी दरबार : सिन्धुली जिल्लाको सुदुरपश्चिम सीमानामा रहेको हरिहरपुरगढी गाउँपालिका १ मा रहेको हरिहरपुरगढीको महत्व उत्तिकै छ । यस दरबारबारको ऐतिहासिक महत्व नेपाल एकिकरणसंग नै जोडिएको छ । पृथ्वीनारायण शाहाले एकिकरणका बेला सिन्धुलीगढीसंगै हरिहरपुरगढीमा पनि ३ सय सेना तैनाथ गरेका थिए ।

कलाघर : कमलामाई नगरपालिका ३ चपौलीमा रहेको कलाघर नेपाली लोक कला तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण सहितको राष्ट्रिय संग्रहालय हो । यहाँ लोपउन्मुख जाती, धर्म, पेशा तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गरिएको छ । राज्यका तर्फबाट समेत लगानी गरी स्थापीत हुँदै आएको यस संग्रहालय अवलोकनका लागी दैनिक पर्यकहरु आउने गरेका छन । यस स्थलबाट भिन्नि हिमश्रृखलाहरु, सुनकोसी तथा महाभारत क्षेत्रका सुन्दर दृष्यहरु अवलोकन गर्न सकिन्छ ।

भद्रकाली मन्दिर : कमलामाई नगरपालिका २ मा रहेको भद्रकाली मन्दिरलाई शक्तिशाली शक्तिपिठका रुपमा लिइन्छ । धार्मीक पर्यटकका हिसावले यस मन्दिरमा पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ ।यस मन्दिरलाई गोरखामा रहेको भगवती मनकामनाकी बहिनीको रुपमा पनि लिइन्छ । यो मन्दिर पृथ्वीनारायण शाह स्वयमले स्थापना गरेको सिलालेखमा उल्लेख छ । यस मन्दिरमा तत्कालीन समयमा सिन्धुलीगढी र दोलखामा तैनाथ नेपाली सेनाका टुकडीले विजयादशमी लगायतका पर्वहरुमा सलामी समेत दिने गरेको थियो ।

काली–कमलामाई मन्दिर : सिन्धुली जिल्लाको सदरमुकाम माढीमा रहेको काली–कमलामाई मन्दिर हिन्दुहरुको आस्थाको धरोहर हुन । कालिकामाई र कमलामाई दिदि बहिनी भएको किम्बदन्ती छ । कमलामाईको महिमा ज्यादै उच्च छ ।कमलामाई मन्दिरमा विस १८८६ मा तत्कालीन काजी भिमसेन थापा स्वयम उपस्थित भई चाँदीको मुकुट चढाएको उल्लेख छ ।

शिद्धबाबा मन्दिर : कमलामाई नगरपालिका ४ मा रहेको शिद्धबाबा मन्दिर समुन्द्री सतहबाट ८५० मिटरको उचाईमा रहेको च्याउकोट डाँडामा छ । यस मन्दिरमा मकावनपुरका राजा हेमकर्ण सेनले विस १८१२ मा चढाएको घण्टी अहिले पनि छ । यसले पनि यस मन्दिरको ऐतिहासिक महत्व रहेको बुझिन्छ । यस मन्दिरमा भगवान शिवको पुजा आराधाना हुने गरेको छ । यहाँबाट सिन्धुलीमाढी तथा तराईका सुन्दर दृष्यहरु समेत अवलोकन गर्न सकिन्छ ।

पन्चकन्या पोखरी : मरिण गाउँपालिका वडा नम्बर ५ मा रहेको पन्चकन्या पोखरी मरिण गाउँपालिकाको प्रमुख प्रर्यटकिय गन्तव्यका रुपमा रहेको छ । सिन्धुली सदरमुकामबाट २२ किमिको दुरीमा रहेको यस पोखरी मरिण खोलाको चुरे खण्डतर्फको भागमा अवस्थित छ । यस पोखरीमा रुखका पातहरु पानिमा खस्ने वित्तिकै चराहरुले टिपेर लैजाने, पोखरीमा पसेको धार्मीक मानिस भोलीपल्टमात्रै सकुशल निस्कने, तथा परापुर्वकालमा रोपाइगर्न आएका पाँचवटी कन्याहरु सोही पोखरीमा अलाप भई गएका जस्ता कथनहरु छन । यस पोखरीलाई मरिण गाउँपालिकाले प्राथमिकताका साथ संरक्षण र पुर्निनिर्माण थालेको छ ।

कुशेश्वर महादेव : कुशेश्वर महादेव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका १ मा पर्दछ । यो विपी राजमार्गको सिन्धुली–बनेप खण्ड अन्तरगत पर्दछ । यहाँ जान यातायातको सहजता रहेको छ । रोशी र सुनकोसी नदिको संगम स्थलमा अवस्थित यस महादेव मन्दिरलाई आधिलिङ्ग महादेव समेत भन्ने गरिएको छ । पौराणीक महत्व रहेको यस मन्दिरमा महाशिवरात्रीका दिन ठुलो मेला लाग्ने गर्दछ ।

कमला ताल : कमलामाई नगरपालिका ५ र ८ मा रहेको पवित्र धार्मीक स्थल कमलामाई मन्दिर नजिकै रहेको कमला ताल अहिले बोटीङका पारखीहरुको रोजाईमा पर्न थालेको छ । यहाँ पुग्नेहरुमा कमला मन्दिरको दर्शन गर्नुका साथै थोरै शुल्क तिरेर मोटरबोट गर्न सक्नेछन ।

छिमेकी मुलुक भारत, चिनका साथै राजधानी र तराईबाट धेरै भन्दा धेरै पर्यटकहरुको रोजाईमा पर्ने सिन्धुली जिल्लामा कृषि, पर्यटन, शाहसीक पर्यटनको अवलोकन गर्न पाउने छन् ।
सिन्धुली घुम्न आउनेहरुले शिद्धबाबा, भद्रकाली तथा कमलामन्दीर, फिक्कल गाउँपलिका ३ को फिक्कल भ्यूटावर, गोलन्जोर ल्यान्द्राङडाँको सुनखानी, सुनकोसी नदीमा राफ्टीङ, मरिण गाउँपालिकाको पन्चकन्या पोखरी, सुनकोसी गाउँपालिका १ को कुशेश्वर महादेव, दुधौली नगरपालिका २ को लंगुरेश्वर–मधुगंगा, बाबाधाम, सिर्थौलीको सर्पे ढुङ्गा, तिनपाटन गाउँपालिकाको सर्वशिद्धेश्वर महादेव गुफा, जुनार बंगैचा, वन लगायत सिन्धुलीको ऐतिहासिक तथा धार्मीक पर्यटकीय गन्तब्यहरु हुन् ।
स्थानीय माझी, हायु, दनुवार, सुनुवार, तामाङ समुदायको परम्परागत भेषभुषा, धार्मीक तथा सांस्कृति कला र पहिचानले समेत जिल्लामा नवआगन्तुक स्वदेशी तथा विदेशी पर्यटकहरुको मन लोभ्याउन सक्ने छ । जिल्ला सदरमुकाममाढीलाई छिचोल्दै महाभारतको काखामा बनेको बनेपा–सिन्धुली–बर्दिवास विपी राजमार्गको मनमोहक नागबेली सडक, सिन्धुलीगढीबाट देखिने गौरीशंकर र गणेश हिमालका साथै तराईका समथल फाँटहरुको दृष्यपानले थप आनन्द प्रदान गराउँने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...