Sindhul Dainik

नक्कली भुटानी शरणार्थी प्रकरण ः टोपबहादुरलगायतको पुनरावेदनमा सुनुवाइ जारी

Advertisement

काठमाडौं । सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको पुनरावेदनको सुनुवाइ जारी छ। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा बहस भइरहेको छ।
यसअघि सोमबार सो मुद्दामा बहस जारी रहेकाले सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो। निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले दिएको पुनरावेदनमाथि न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा राख्न दिएको आदेश बदरको माग गर्दै उनीहरूले विभिन्न मितिमा सर्वोच्चमा पुनरावेदन दिएका थिए। यसअघि सो निवेदनमाथि न्यायाधीश कुमार रेग्मीले कैफियत झिकाउने आदेश दिएका थिए।
उच्चको आदेशविरुद्ध थुनामा रहेका गृहसचिव टेकनारायण पाण्डे,पूर्वमन्त्री टोपबहादुर रायमाझी,केशव प्रसाद दुलाल,सानु भण्डारी,सागर राई,इन्द्रजित राई,गोविन्दकुमार चौधरी,सन्देश शर्मा र आङटाङ शेर्पासमेतले निवेदन दिएका थिए।
नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौं ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनीहरूविरुद्ध ठगी,लिखत किर्ते र राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।
काठमाडौं जिल्ला अदालतले तत्काल उपस्थित १८ जना प्रतिवादीमध्ये १६ जनालाई थुनामा पठाउने आदेश दिएको थियो भने दुईजनालाई धरौटीमा छोडेको थियो। पाण्डेसहित १० जनाको हकमा थुनामा राख्ने जिल्लाको आदेश उच्चले सदर गरिदिएको थियो।
सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण भने ३० लाख धरौटी बुझाएर रिहा भएका छन्। लक्ष्मी महर्जन,आशिष बुढाथोकी,टंककुमार गुरूङ र केशव तुलाधर साधारण तारेखमा रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...