Sindhul Dainik

उपनिर्वाचनमा तीन चरणको सुरक्षा

Advertisement

काठमाडौँ । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता ९डीआईजी० भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए । निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् ।

इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालिन गरिने डीआईजी ढकालले बताए । ४२ वटा मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । मतदानस्थलमा ६९ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् ।

अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । पाँचवटा परिस्थित आएमा बल प्रयोग गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई अनुमति दिइएको छ । मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने पूर्वसूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्थामा आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरी कर्मचारीले बल प्रयोग गर्न सक्नेछन् ।

मतदाताहरुलाई कसैले मतदान गर्न जान नदिए पनि बल प्रयोग गर्न अनुमति दिइएको डीआईजी ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...