सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
शुनकोसी नदी नदि किनारामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । शव सडे गलेको अवस्थामा छ ।
शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको, माथि कपडा नभएको, तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको सिन्धुलीका प्रहरी प्रवक्ता अनलि कुमार खड्काले जानकारी दिए ।
शवलाई घटनास्थलबाट प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।



