Sindhul Dainik

रेडक्रसद्धारा सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना

Advertisement

सिन्धुली । सिन्धुली जिल्लाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरीकहरुका लागि उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी उक्त अक्षयकोषको स्थापना गरेको हो ।

झण्डै एक वर्ष अघि एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न भनि रेडक्रसले सहयोग संकलन अभियान चलाएको थियो । उक्त अभियान अन्तरगत आइतबार सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।
‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित सम्झौंता भएको र केही दिन भित्र उक्त रकम निकासा हुँदा कुल १ करोड ६२ लाख ५१ हजार रुपैयाँको अक्षयकोष तयार हुनेछ,’ उनले भने ।

यो नागरिक स्तरबाट सहयोग जुटाएर बनाइएको जिल्लाकै सबैभन्दा ठुलो अक्षयकोष हो ।
अक्षय कोषमा जिल्लाको कमलामाई र दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तिनपाटन गाउँपालिकाले पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरेका छन । यस्तै हरिहरपुरगढी र घ्याङलेख गाउँपालिकाबाट दुई÷दूई लाख रुपैयाँ सहयोेग गर्ने जनाएका छन ।

यस्तै विभिन्न गैरसरकारी संघ÷संस्था, व्यक्ति, बैंक तथा सहकारी लगायतका वित्तिय संस्थाहरुबाट कोष स्थापना गर्न सहयोग प्राप्त भएको छ । सिन्धुली जिल्लामा जन्मी विभिन्न विदेशी मुलुकमा कर्मभुमी बनाएर बसेकाहरुबाट समेत कोषमा रकम प्राप्त भएको छ ।

कोषमा विभिन्न संघ÷संस्था र व्यक्तिहरुगरी ९ सय ५० जनाबाट सहयोग रकम प्राप्त भएको श्रेष्ठले बताए ।
अक्षयकोषमा जन्मदिन, बैबाहीक वर्षउत्सव, स्वर्गिय व्यक्तित्वको स्मृति दिवसको अवसर पारेर सहयोग गर्नेहरु समेत छन ।

यसैविच अक्षयकोष स्थापना गर्न सहयोग गर्नेहरुलाई सोमबार एक कार्यक्रमका विच सम्मान समेत गरिएको छ । सिन्धुलीमाढीमा रेडक्रस सिन्धुलीले अक्षयकोषमा जम्मा भएको रकम तथा सहयोगीहरुको विवरण सार्वजनिक गर्दै सहयोगीहरुलाई सम्मान गरेको हो ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रकम सहयोग गर्ने, स्थानीय पालिका, विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अक्षयकोषबाट जिल्लाका नागरीकहरुलाई जिल्ला र जिल्ला बाहिरका जुनसुकै अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने बताइएको छ । कोषको रकमबाट जम्मा हुने ब्याजबाट ब्लड बैंकलाई व्यवस्थित ढंगबाट संचालन गर्दै सरल, सहज हिसावले सेवाग्राहीलाई रगत उपलब्ध गराउने व्यवस्था मिलाउन सांसद दहालको सुझाव छ । रेडक्रस सिन्धुलीले जिल्लामा ब्लड बैंकको स्थापना गरी सेवा दिँदै आएको छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, प्रमुख जिल्ला अधिकारी भरत खनाल, सुनकोसी गाउँपालिकाकी प्रमुख दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकुरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत भोलन, कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्गबहादुर खत्री, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठ लगायत विभिन्न संघ÷संस्था, विक्तिय संस्था, रेडक्रसका विभिन्न उपशाखाका सभापति तथा प्रतिनीधि, रेडक्रसका पूर्व सभापतिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...