सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ ।
दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो ।
आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो ।
उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन आग्रह गर्नु भयो ।
दलित सेवा संघ सिन्धुलीका अध्यक्ष हेमलाल विकको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख तुलसी प्रसाद कोइराला, नगर कार्यपालिका सदस्य उमा विश्वकर्मा, दलित सेवा संघका पूर्व अध्यक्ष विरबहादुर दुलालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिममा १४ वडाका २४ जनाबढीको सहभागिता रहेको छ । सहभागिलाई आवास सहितको व्यवस्थापन मिलाइएको छ ।
कार्यक्रमको संचालन दलित सेवा संघका सचिव भेषलाल विकले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम नेपालीले गर्नु भएको थियो ।







