Skip to main content

Sindhul Dainik

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

Advertisement

रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ।

रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार जेलेन्स्कीलाई गृह मन्त्रालयको अभिलेखमा ‘मस्ट वान्टेड’ सूचीमा राखिएको छ। उनीविरूद्ध रूसको फौजदारी संहिता अनुसार मुद्दा चलाइएको भन्ने बाहेक तासले अरू केही विस्तृत जानकारी दिएको छैन।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्दा सुरूमै जेलेन्स्कीको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ। केही दिनमै पूरै युक्रेन कब्जा गर्ने विश्वास गरेका पुटिनले जेलेन्स्कीको हत्या गरेर उनको ठाउँमा रूस(मैत्री व्यक्तिलाई राष्ट्रपति बनाउन चाहान्थे।

त्यही बुझेर नै अमेरिकाले रूसी आक्रमण अगाडि नै जेलेन्स्कीलाई युक्रेनबाट भगाउने प्रस्ताव गरेको थियो। तर जेलेन्स्कीले ‘मलाई लिफ्ट होइन हतियारको आवश्यकता छ’ भनेर युक्रेनमै बसेर रूसविरूद्ध लड्ने उद्घोष गरेका थिए। उनको साहसिक नेतृत्व र अमेरिका लगायत पश्चिमा देशको सहयोगले एक महिना पछि अन्ततः रूसी सेना युक्रेनको राजधानी किभ कब्जा गर्ने योजनाबाट पछि हटेको थियो।

रूसले त्यसपछि पनि पटक(पटक जेलेन्स्कीको हत्या गर्ने प्रयास गरेको दावी युक्रेन र पश्चिमा देशले गरेका छन्।

यद्दपि तत्कालीन इसराइली प्रधानमन्त्री नफ्ताली बेनेटले भने पुटिन स्वयंले उनलाई रूसले जेलेन्स्कीको हत्या नगर्ने भनेर आश्वासन दिएको दावी गरेका थिए।

पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्ने वित्तिकै उनलाई फकाएर युद्ध रोक्न सकिन्छ भनेर फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेनेटले धेरै प्रयास गरेका थिए। म्याक्रोनले लगातार पुटिनसँग फोनमा कुरा गरेका थिए भने बेनेटले त युक्रेनमा आक्रमण गरेको नौ दिन पछि मस्को गएर पुटिनलाई प्रत्यक्ष भेटेका थिए। त्यही भेटमा पुटिनले जेलेन्स्कीको हत्या नगरिने भनेर आश्वासन दिएको दावी बेनेटले गरेका थिए। र पुटिनको आश्वासनको जानकारी उति बेलै जेलेन्स्कीलाई दिएको बताएका थिए।

रूसले जेलेन्स्कीविरूद्ध अहिले फौजदारी मुद्दा चलाए पनि युक्रेनले भने पुटिनविरूद्ध पहिले नै युद्ध अपराधको अनुसन्धान सुरू गरेको थियो। अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी०ले समेत पुटिनविरूद्ध युद्ध अपराधको मुद्दा चलाएर पक्राउ पुर्जी समेत जारी गरेको थियो। हेगस्थित उक्त अदालतले पुटिनलाई युक्रेनी बालबच्चाहरूलाई आमाबाबुबाट छुटाएर जबरजस्ती रूस लगेको आरोप लगाएको थियो।

जेलेन्स्की र केही हदसम्म पुटिन विरूद्धका मुद्दाको खासै अर्थ भने छैन। रूसले आफूलाई मार्ने कोशिस गरिरहेको बारे जानकार जेलेन्स्कीलाई यो मुद्दाले खासै फरक पर्दैन। पुटिन पनि आईसीसीको पक्राउ पुर्जीका वावजुद एक वर्षभन्दा धेरै समयमा समेत पक्राउ परेका छैनन्। आईसीसीका १२३ सदस्य राष्ट्रले आफ्नोमा पुटिन आए पक्रेर बुझाउनु पर्ने हुन्छ तर पुटिन अहिलेसम्म पक्राउ पर्न सक्ने देश गएका छैनन्। दक्षिण अफ्रिकासँग राम्रो सम्बन्ध भए पनि पक्राउ पुर्जीका कारण पुटिनले दक्षिण अफ्रिकामा २०२३ अगस्टमा भएको ब्रिक्सको शिखर सम्मेलनमा भाग लिएका थिएनन्।

रूसले जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएको शनिबार खुलासा हुने वित्तिकै युक्रेनी विदेश मन्त्रालयले यसलाई हतास रूसले ध्यान खिच्न चलाएको प्रोपोगाण्डा भनेको छ। र पुटिन विरूद्धको आईसीसीको पक्राउ पुर्जी भने साँच्चै जारी भएको औंल्याउँदै १२३ सदस्य राष्ट्रले त्यसको पालना समेत गर्ने भनेर सम्झाएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...