सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ स्थित सल्लेनी र सोखु बरडाँडामा विजुली वत्ति विस्तार भएको छ ।
गाउँपालिकाको पहलमा आइतबार गाउँपालिकाको बलेनी र सोखु बरडाँडामा ७५ केभिए वितरण ट्रान्सफरमरबाट विद्युत सुचारु गरिएको हो ।
गाउँपालिकाको सल्लेनी स्थित ५० केभिए र सोखु बरडाँडा स्थित २५ केभीए ट्रान्सफरमरबाट राष्ट्रिय प्रशारण लाईन जडान गरि सूचारु गरिएको उक्त वडाका वडा अध्यक्ष मोहन मगरले बताउनु भयो ।
उक्त विद्युतबाट वडाका ७२ घरधुरीमा वत्ति जडान गरिएको छ । सल्लेनीका २७ घरधुरी र सोखु बरडाँडाका ४५ घरधुरी गरी जम्मा ७२ घरधुरीमा विद्युत विस्तार गरिएको हो ।
उता गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले गाउँपालिकाले राष्ट्रिय प्रशासरणको विद्युत लाईन धमाधम विस्तार गरिरहेको र सोही अनुसार सल्लेनी र सोखु बरडाँडामा विजुली वत्ति बाल्न सफल भएको जानकारी दिनुभयो ।
उहाँले चालु आर्थिक वर्षभित्र पालिकाको ९० प्रतिसत क्षेत्रमा विद्युत विस्तार सम्पन्न हुने बताउनु भएको छ ।



