सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका ४ का आगालगी पिडितहरुलाई रेडक्रसले राहात सामाग्री वितरण गरेको छ ।
आइतबार सुनकोसी गाउँपालिका ४ सिन्धुलीका आगलागी पिडितलाई लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न, त्रिपाल लगायतको राहत सामाग्री वितरण गरिएको हो ।
राहत सामाग्री वितरणमा गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडा नम्बर ४ का वडा अध्यक्ष यमबहादुर जर्गा, रेडक्रसकर्मी मणिराम आचार्य तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।



