सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
तीनपाटन गाउँपालिका कार्यालय एवं मातहतका कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्रबाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी पहिलो दिनको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
आइतबार गाउँपालिका आयोजनामा बाहुनतिल्पुङमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगर, उपाध्यक्ष धन बहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत एवं वडानम्बर ७ र ८ का वडा अध्यक्ष लगायत पालिकाका कर्मचारीहरु र समाजका दिग्गज व्यक्तित्वहरुको उपस्थितिमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण हिमालय संचार गृहले गरेको थियो ।





