Skip to main content

Sindhul Dainik

जसपा नेपाल फुट्यो, अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

Advertisement

काठमाडौं । पार्टी एकता भएको ९ वर्षपछि उपेन्द्र यादव र अशोक राईले छुट्टाछुट्टै पार्टीको नेतृत्व गर्ने भएका छन्। २०७२ जेठ ३२ गते यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच पार्टी एकता भएको थियो।

एकतापछि नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम, नेपाल राखिएको थियो। पार्टीका अध्यक्ष थिए, यादव अनि वरिष्ठ नेता थिए राई। समयक्रमसंगै हाल यादव नेतृत्वको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल९जसपा० छ। यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चर्किदा जसपा नेपाल दोस्रो पटक फुटेको हो। असन्तुष्ट पार्टीका वरिष्ठ नेता राईको समूहले पार्टी फुटाएका हुन्। हाल संघीय संसदमा १२ जना सांसद छन्। राईले ९ जना सांसद्सहित जसपा नेपाल फुटाएका हुन्।

असन्तुष्ट राई समूहले आइतबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ दलको नाम जनता समाजवादी पार्टी९जसपा० प्रस्ताव गरिएको छ।

उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटेको राई पक्षका नेता प्रदीप यादवको दाबी छ। ‘यादवको कार्यशैली ठिक छैन। सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर उहाँले अटेर गर्नु भयो’, नेता यादले अन्नपूर्णसँग भने, ‘त्यसैले जसपा फुटाएर नयाँ दल दर्ता गरेका हौं।’

उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका यादवले पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न विपक्षीसँग लागेको भन्दै पार्टी फुटाएको राई पक्षका अर्का नेता नवल किशोर साहले बताएका छन्।

यता जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले उपेन्द्र यादव नेतृत्वको पार्टी न फुटेको दावी गरे। उनले भने, ‘केही साथीहरु छुटिएर गएका मात्रै हुन्। पार्टी पंक्ति उपेन्द्र यादवजी सँगै छन्।’ उनले जारी सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने उल्लेख गरे। पार्टी फुटेको बेला पार्टी अध्यक्ष अमेरिका छन्।

यस अघि जसपा नेपाल २०७८ भदौ २ गतेमा फुटेको थियो। यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर अर्का पक्ष महन्थ ठाकुरले लोकतान्त्रिक पार्टी९लोसपा०गठन गरेका थिए। मधेशी दलहरुलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले फुटाउन लागेको भन्दै २०७७ बैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुरसहितका राष्ट्रिय जनता पार्टी ९राजपा० बीच पार्टी एकता भएको थियो। त्यसपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो।

कार्यकर्ता व्यवस्थापनमा पार्टी अध्यक्ष यादव र अर्का वरिष्ठ नेता ठाकुरबीच विवाद चर्किएको थियो। त्यो विवादले जसपा नेपाल पहिलो पटक फुटेको थियो। ठाकुरले छोडेको तीन वर्ष नबित्दै राई पनि त्यही बाटो रोजेका छन्।

राष्ट्रिय महाधिवेशन नजिक आइरहेको समयमा जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ। जेठ २७, २८ र २९ गते पार्टीको महाधिवेशन तोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...