Skip to main content

Sindhul Dainik

आगलागीमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेश सरकारले १ लाख राहत दिने

Advertisement

बागमती प्रदेश सरकारले आगलागीमा परेर मृत्यु भएका परिवारका लागि १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मृतकको परिवारलाई १ लाख रुपैंया राहत उपलब्ध गराउने निर्णय गरेको हो।

‘यसवर्ष आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई एक÷एक लाख रुपैयाँ राहतस्वरुप प्रदेश सरकारले उपलब्ध गराउने क्याबिनेटले निर्णय गर्यो,’ आन्तरिक मामिला तथा कानुन मन्त्री एवंम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले भने।

यस्तै, प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने समेत निर्णय पनि भएको उनले बताए।

प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए।

‘ऐनको दफा १३ को ९५० लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो,’ उनले भने, ‘सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति ९बोर्ड अफ ट्रष्टी० को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको हो।’

उनका अनुसार संरक्षक समितिमा मनोनीत भएका संरक्षण समिति ९बोर्ड अफ ट्रष्टी० का पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ।

उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...