सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का आगलागी पिडितलाई जस्तापात लगायतको सरसामान सहयोग प्रदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको पहलमा गोलन्जोर गाउँपालिका ६ निवासी समाजसेवी सुदिप कोइरालाबाट प्राप्त रहात सामाग्री गोलन्जोर ३ धेद्रेका आगालगी पिडित राम ब दर्लामी मगरलाई हस्तान्तरण गरिएको हो ।
सोमबार ग्वाल्टारमा आयोजित एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको पहल तथा गोलन्जोर गाउँपालिका बिपत शाखाको समन्वयमा समाजसेवी सुदिप कोइरालबाट प्राप्त ४० हजार १ सय बराबरको राहात सामाग्री पिडित दर्लामी मगरलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाका सभापति गौरव कार्कीले जानकारी दिनुभयो ।
‘आगलागी पिडित दर्लामीलाई ४ बण्डल जस्ता, १५ फिट प्लेन पाता, ५ केजी जस्ताकाटी, ५ केजी काठको काटिहरु गरी ४० हजार १ सय रुपैयाँ बराबरको समान हस्तान्तरण गरिएको हो,’ उहाँले भन्नुभयो ।
दर्लामीको गत १८ गते जङ्गलबाट आएको डडेलोमा परी घर तथा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।
पिडितलाई राहात सामाग्री हस्तान्तरणका क्रममा गोलन्जोर गाउपालिका अध्यक्ष शंकर राज बराल,वडा नम्बर ३ का वडाअध्यक्ष कृष्ण प्रसाद पोखरेल, रेडक्रसकर्मीहरु, स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।





