सिन्धुली । नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशमा कामकाजी भाषामा प्रयोग सुभारम्भ गरेको खुसियालीमा प्रथम भाषा दिवस २०८१ को रुपमा आज सिन्धुलीमाढीमा नेवा: देय दवू सिन्धुली र नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा दीप(प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेका छन । देश संघियतामा गएपछि पहिलो पटक बागमती प्रदेश सरकारले सोमबारबाट नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले काठमाण्डौंको बसन्तपुरबाट उक्त भाषा दिवसको रुपमा सुभारम्भ गर्नु भएको थियो ।
बागमती प्रदेश सरकारले प्रदेशमा पहिलो पटक नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याएको दिन सोमबार प्रदेरभर सार्वजनिक विदा समेत दिएको छ । प्रदेश सरकारको उक्त निर्णयलाई नेवास् देय दवू सिन्धुली र नेपाल तामाङ घेदुङ सिन्धुलीले स्वागत गर्दै खुसीयाली समेत मनाएका छन ।





