सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ भएका छन । मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएपछि सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकप्टर मार्फट काठमाण्डौं लाने तयारी गरिएको छ ।
रामछापको एक कार्यक्रममा सहभागि भएर सिन्धुलीको सुनकोसी गाउँपालिका आइपुगेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले अन्नपूर्णलाई जानकारी दिए ।
‘मुख्यमन्त्री जम्कट्टेलको प्रेसर र सुगरको लेवल घटेपछि थप उपचारका लागि काठमाण्डौं लैजान हेलिकप्टर मगाइएको छ । उहालाई चिकित्सकको सल्लाह अनुसार काठमाण्डौं लैजाने तयारी भएको हो,’ दाहालले भने ।
मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य समस्या भएको जनाएपछि सुनकोसी थाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनलाई अस्पतालका डाक्टरले काठमाण्डौं लैजान सुझाव दिएपछि हेलिकप्टर मगाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बाए ।
‘उहाँलाई अहिले अस्पतालबाट सुनकोसी ५ मुलकोट हेलीप्याडमा एम्बुलेन्स मार्फत ल्याइदै छ । हेलिकप्टर आउन साथ काठमाण्डौं पठाइनेछ,’ खनालले भने ।
मुख्यमन्त्री जम्कट्टेल भोली बुधबार मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागि हुन आजै सुनकोसी बस्ने कार्यक्रम तय भएको थियो ।
मुख्यमन्त्री जम्कट्टेल आजै काठमाण्डौंबाट रामेछाप पुगेर सिन्धुली फर्किएका हुन ।



