सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सिन्धुली आइपुग्नु भएको छ ।
सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार हुने ‘ब्रेक थ्रु’ का प्रधानमन्त्री दहाल मंगलबारनै सिन्धुली आइपुग्नु भएको हो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलबार मध्यान्न सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्ड आज यही बस्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डसंग विभागीय मन्त्री तथा सचिवहरुको समेत सहभागिता रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनीधि सभा सदस्य राजन दाहाल, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बाहोरा दालहा लगायत स्वागत गर्नु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड मुलकोट स्थित क्वालिटी विच रिसोर्टमा मंगलबार राती बास बस्ने र बुधबार बिहान ११ बजे सुनकोसी गाउँपालिका ७ स्थित कानढुंग्रीमा सुनकोसी–मरिण डाइभर्सनको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डको मंगलबार विश्रामको कार्यक्रम मात्र तय भएको र बुधबार बिहान भने स्थानीय नेता कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजन दाहालले बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्ड संग सुनकोसी लगायत समग्र जिल्लाको विकास निर्माण लगायतका विषयमा गाउँपालिकाले ध्यानकर्षण गराउने कार्यक्रम समेत छ ।
मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार ‘ब्रेक थ्रु’ गरिने भएको हो ।
आयोजनाको १३ दशमलव तीन किलोमिटर मध्ये ९९ दशमलव ९९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका ७ कानढुंग्री स्थित सुनकोसी नदि किनारामा सुरुङको ब्रेक थ्रु गर्न लागेका हनु ।







