सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ सुधार आएको छ । काठमाण्डौं स्थित नर्भिक अस्पतालमा उपचाररत मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले जनाएका छन । खानेपानी उद्घाटनका लागी काठमाण्डौंबाट रामेछाप तर्फ आउँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको समस्या देखिएपछि मंगलबार सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकप्टर मार्फट काठमाण्डौं लगिएको थियो ।
मुख्यमन्त्री जम्कट्टेलको प्रेसर र सुगरको लेवल घटेपछि थप उपचारका लागि काठमाण्डौं लगिएको हो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य समस्या भएको जनाएपछि सुनकोसी थाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनलाई अस्पतालका डाक्टरले काठमाण्डौं लैजान सुझाव दिएपछि हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए ।
मुख्यमन्त्री जम्कट्टेल भोली बुधबार मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागि हुन आजै सुनकोसी बस्ने कार्यक्रम तय भएको थियो ।



