Sindhul Dainik

मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक पक्राउ

Advertisement

वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्।

प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज(रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १ थान, त्यसमा लाग्ने क्वायल रोल २ थान, टावर लाइटको ब्याट्री राख्ने फलामको बाकस १ थान र ब्याट्रीको खोल १० थान पनि बरामद गरिएको बोगटीले जानकारी दिए।

चोरीको मोटरसाइकल र ती सामानसहित पक्राउ गरिएका दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेर अथप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...