Sindhul Dainik

लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मक : लेखक

Advertisement

काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको बताएको छ।

आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीको विषयमा पार्टी रवि लामिछानेमाथि उठाएका मुद्दामा छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको जानकारी दिए।

लेखकले प्रधानमन्त्रीसँग आफूहरूले पूर्ववत अडान यथावत् राखेको बताए। उनले भने,‘हामीले सहकारी ठगीका सन्दर्भमा संसदमा कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्नु्पर्छ भनेर हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ, सकारात्मक कुरा नै छ।’

लेखकले सोमबार बस्ने कांग्रेसको संसदीय दलको बैठकले थप निर्णय गरेर अगाडि बढ्ने बताए। सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउने निष्कर्षमा सरकार पुगेको ठहर गर्दै कांग्रेसले सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...