Skip to main content

Sindhul Dainik

लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मक : लेखक

Advertisement

काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको बताएको छ।

आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीको विषयमा पार्टी रवि लामिछानेमाथि उठाएका मुद्दामा छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको जानकारी दिए।

लेखकले प्रधानमन्त्रीसँग आफूहरूले पूर्ववत अडान यथावत् राखेको बताए। उनले भने,‘हामीले सहकारी ठगीका सन्दर्भमा संसदमा कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्नु्पर्छ भनेर हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ, सकारात्मक कुरा नै छ।’

लेखकले सोमबार बस्ने कांग्रेसको संसदीय दलको बैठकले थप निर्णय गरेर अगाडि बढ्ने बताए। सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउने निष्कर्षमा सरकार पुगेको ठहर गर्दै कांग्रेसले सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...