Sindhul Dainik

कनपा ५ को चन्द्रमुखी टोल विकास संस्थामा टोल सौन्दर्य अभियान सुरु

Advertisement

सिन्धुली  । विश्व वातावरण दिवसको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारमा रहेको चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्थाले टोललाई सुन्दर र प्लाष्टिक रहित बनाउनका लागि टोल सौन्दर्य अभियानको सुभारम्भ गरेको छ ।
टोलका सबै चोक र घर आँगनलाई हरियाली, सुन्दर र सफा बनाउँन उक्त अभियानको सुभारम्भ गरिएको हो ।
कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटा र प्रमुख जिल्ला अधिकारी भरत खनालले संयुक्त रुपमा गमलामा फूल रोपेर अभियानको सुरुवात गरेका हुन् ।

अभियान अन्तरगत टोल विकास भित्रको चोकमा २६ वटा गमलामा फूल रोपिएको छ । यो टोल विकास संस्थाले टोल भित्रका प्रत्येक घरलाई १० वटाका दरले एक हजार एक सय वटा हरियो रंग लगाएका गमला र विरुवा समेत वितरण गरेको उक्त संस्थाका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
टोल विकास संस्थाले कमलामाई नगरपालिका सिन्धुली, डिभिजन वन कार्यालय सिन्धुली, वन पैदावार व्यवसायी संघ तथा विभिन्न व्यक्तिहरुको सहयोगमा अभियान सुरु गरेको हो ।
टोलका प्रत्येक घरमा १० वटा गमला र २ वटा धुपी र एक वटा वेगमवेलीको विरुवा वितरण गरिएको हो ।
असार १ गतेदेखि लागु हुने गरि टोल विकास संस्थाले संस्थाको क्षेत्र भित्र प्लाष्टिक जन्य फोहोर फाल्न नदिने र फालेमा जरिवाना समेत गर्ने उद्घोष गरेको छ ।

वातावरणमैत्री स्थानीय शासनको मापदण्ड पुरा गरि एक वर्ष भित्रमा टोललाई वातावरणमैत्री टोल निर्माण गर्ने गरि अभियान सुरु भएको संस्थाका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।
उक्त अभियानको सुभारम्भ गर्दै कमलामाई नगरपालिकाका कार्यवाहक मेयर देवकोटाले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण लगायतका काम संगै टोलमा भएका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको संरक्षणमा ध्यान दिन, महिला विरुद्ध हुने हिंसालाई न्युनिकरण गर्ने लगाएतका काममा समेत टोल विकास संस्थाले काम गर्न आवश्यक रहेको बताईन ।
यस्तै प्रमुख जिल्ला अधिकारी भरत खनालले प्रकृति हाम्रा लागि नभई हामी प्रकृतिका लागि भएको कुरा नभुल्न सबैलाई आग्रह गरेका छन ।
‘हामीले हाम्रा भावी पुस्ताले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पारिस्थितिक प्रणालीलाई पुनःर्ताजकी गर्नुपर्ने, प्रदुषण नियन्त्रण गर्ने, प्लाष्टिक निशेध लगाएतका अभियान चलाउँन अति आवश्यक रहेको छ,’ उनले भने ।
खनालले वातावरणलाई सफा राख्न प्लाष्टिक नियन्त्रण र कार्वन नियन्त्रणको अभियानमा लाग्न समेत सबैलाई आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काले वडाको मुख्य क्षेत्र मधुटारलाई ‘हाम्रो मधुटार, राम्रो मधुटार’ का रुपमा वातावरणमैत्री पर्यटकीय क्षेत्र बनाउन हातेमालो गर्ने बताए । उनले मधुटारपछि वडाभर नै यो अभियानलाई बढाउँदै लाने उल्लेख गरेका छन ।
कार्यक्रममा बोल्दै वन पैदावार व्यवसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङले घर घरमा फूल रोपिरहँदा २, ३ वटा जडीबुटी पनि रोपिदिन आग्रह गरे ।
हरेक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष ‘हाम्रो भूमि,हाम्रो भविष्य’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...