Sindhul Dainik

सिन्धुलीको मरिणमा ग्रामेन्ट उद्योग स्थापना गरिँदै

Advertisement

मरिण । सिन्धुलीको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाका गृहिणी महिलाहरुको सहभागितामा गाउँपालिकाले ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागेको हो ।
मरिण गाउँपालिका ५ बढीमुहानमा बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको समन्वयमा पहिलो पटक गृहिणी महिला सशक्तिकरण कार्यक्रम सुरु भएसंगै ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागिएको हो ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिम लिएका गृहिणी महिलाहरुबाट उक्त ग्रामेन्ट उद्योग संचालन गर्ने तयारी गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी दिनुभयो ।

यसका लागि गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बढीमुहानका २५ जना गृहिणीहरुलाई एक महिने सिलाई कटाई तालिम दिइरहेको छ ।
‘डेढ हप्तादेखि २५ जना गृहिणीहरु तालिममा सहभागि हुनुहुन्छ । उहाँहरुले तालिम सम्पन्न गर्नुभएपछि पालिकालेनै ग्रामेन्ट उद्योगको रुपमा विकास गरेर तालिम लिएकाहरुबाटै ग्रामेन्टमा विभिन्न प्रकारका कपडाहरु तयार गरिने योजना छ,’ अध्यक्ष मोक्तानले भन्नु भयो ।
गाउँपालिकामै महिलाहरुलाई रोजगार दिने उद्देश्यले गार्मेट उद्योग स्थापना गर्नेगरी कार्यक्रमको छनौंट गरिएको र पालिकाका अन्य गृहिणी महिलाहरुलाई पनि प्रत्येक बर्ष फरक फरक सिप सिकाएर सफल उद्यमी बनाउने पालिकाको योजना रहेको अध्यक्ष मोक्तानले बताउँनु भयो ।

‘तालिम पछि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयको शिक्षक तथा विद्यार्थी, कर्मचारी तथा जनप्रतिनीधिहरुको पोसाक अनिवार्य रुपमा सोही गार्मेटमा तयार गर्ने गरी योजना बनाई लागु गरिने छ । यसले पनि महिलाहरुको सिपलाई रोजगारमा परिणत गर्न मद्धत पुग्नेछ,’ उनले भने ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत संचालित उक्त तालिम बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गत १२ गते शनिवार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक कार्यक्रमका विच सुरुवात गर्नुभएको थियो ।
गृहिणी महिलाहरूको सशक्तीकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवम आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारले प्रदेशभरीका जिल्लामा कार्यक्रम संचालनमा ल्याएको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योगनै स्थापना गर्ने गरी सिलाई कटाई तालिम दिइएको हो ।
गृहिणी महिला सशक्तीकरण कार्यक्रमलाई सरल, सहज र प्रभावकारीरुपमा कार्यान्वयन गर्न प्रदेश सरकार र स्थनीय तहविच समन्वय गरिएको हो ।


प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० अनुसार प्रदेशका विभिन्न जिल्लाका ३५ वटा पालिकाहरुमा पहिलो चरणमा यो कार्यक्रम कार्यान्वयनमा आएको छ ।
कार्यक्रम अन्तरगत महिलाहरुमा सचेतना अभिवृद्धि, शिक्षा, सीपमुलक तालिम वा उद्यमशीलता, सीप परीक्षण, बिउ पूँजी र एकल वा गृहिणी महिला समूह गठन गरी व्यवसायबाट उत्पादित सामाग्रीको बजारीकरणको व्यवस्था समेत गरिने छ । जसकार कारण गृहिणी महिलाहरुको कानुनी, सामाजिक र राजनीतिक र आर्थिक पक्षमा सशक्तीकरणमा मद्धत पुग्ने छ ।
सशक्तिकरण कार्यक्रम अन्तर्गत मरिण गाउँपालिका ५ का २५ जना गृहणी महिलाहरु तालिममा सहभागि छन । तालिमका लागि सामाजिक विकास मन्त्रालयले १३ लाख ८८ हजार ५ सय १६ रुपैयाँ र मरिण गाउँपालिकाले २ लाख ४५ हजार ३२ रुपैयाँ गरी कुल १६ लाख ३३ हजार ५ सय ४८ रुपैयाँ लगानी गरिएको छ ।
तालिमका लागि १६ थान विजुलीबाट चल्ने आधुनिक सिलाई मेसिन, तालिममा आवश्यक पर्ने कपडा, धागो, कैंची लगाएतका सामान खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दार्जीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...