सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका ४ विस्टारमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
विरामी हुनेहरुमा तीनपाटन गाउँपालिका ४ विस्टारका वर्ष ६७ का केशर बहादुर भुजेल, वर्ष ५३ का पुर्णमाया भुजेल, वर्ष ३८ का घनश्याम भुजेल, वर्ष २१ का किरण भुजेल र वर्ष २० की नानीमाया समाल रहेका छन ।
बिहिबार विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेले जनाकारी दिए ।
च्याउ खाएकाहरुमा वाकवाकी लाग्ने, बान्ता आउने लगायतका समस्या देखिएको छ । विरामी पाँचै जनलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको छ ।



