Sindhul Dainik

बजेट तुलनात्मक रूपमा सन्तुलित : महासचिव पोखरेल

Advertisement

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१र८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित भएको बताएका छन् ।

उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उनले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताएका हुन् ।

महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न सके प्रतिफल प्राप्त हुने धारणा राखे । “आन्तरिक राजस्वबाट बजेट प्रणालीलाई सन्तुलन गर्न सकेनौँ भने त्यसले घुमाएर उपभोक्तालाई असर पार्दछ । हामीले लिने आन्तरिक र बाह्य ऋणबाट पुँजीगत खर्च गर्न सक्यो भने त्यसका आधारमा प्रतिफल प्राप्त गर्न सक्दछौँ”, उनले भने ।

उनले बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ रहेको र निर्धारित लक्ष्यभन्दा बढी राजस्व प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।

मौद्रिक तरलताको विस्तारसँगै जनताका पैसा बैंकमा जम्मा भइरहेको तर लगानी हुन नसक्दा जनता मारमा परेको उनले बताए । “बैंकमा जति पैसा जम्मा हुने गरेको छ त्यसको तुलनामा खर्च न्यून देखिएको छ । उपभोक्ताले जम्मा गरेको पैसा खर्च हुन नसकेपछि उपभोक्ताको ब्याजदरमा कटौती हुन्छ”, उनले भने ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले एमालेले बजेटमा भएका राम्रा कुराको स्वामित्व लिने तर कमजोर कुरा आगामी दिनमा सच्चाउन सरकारलाई दबाब दिनुपर्ने बताए । उनले भने, “कुनै खास व्यक्ति र क्षेत्र विशेषलाई लाभ हुने गरी बजेट विनियोजन गर्ने र भोलि राष्ट्रिय प्राथमिकताका आयोजनामा बजेट कटौती गर्नुपर्ने स्थिति नबनोस् ।”

उनले बजेटमाथि टिप्पणी गर्दै स्रोत नपुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...