आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ।
शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो।
अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५।२ ओभरमै अल आउट भएको हो।
न्युजिल्याण्डलाई सस्तोमा समेट्न फजलहक फारूकी र रसिद खानले ४र४ विकेट तथा मोहम्मद नावीले २ विकेट लिए।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले बनाएको १८ रन सर्वाधिक रह्यो। म्याट हेनरीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
न्युजिल्याण्डका ओपनर फिन एलेन गोल्डेन डक भएका थिए। अर्का ओपनर डेभन कोन्वे ८, कप्तान केन विलियसन (,ड्यारिल मिचेल ५, मार्क च्यापम्यान ४ र मिचेल सान्टनर ४ रन बनाएर आउट हुँदा माइकल ब्रेसवेल शून्यमै आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अफगानिस्तानले ६ विकेट गुमाएर १५० रन बनाएको थियो।
अफगानिस्तानका लागि दुई ओपनरले उत्कृष्ट प्रदर्शन गरे। ओपनर रहमानउल्लाह गुर्बाजले ८) र इब्राहिम जद्रानले ४४ रन बनाए।
गुर्बाजले ५६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे भने इब्राहिम जद्रानले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
अज्मतउल्लाह ओमरजइले १३ बलमा १ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले २र२ तथा लोकी फर्गुशनले एक विकेट लिए।
अफगानिस्तानले यसअघि पहिलो खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको थियो।
समूह ‘सी’मा रहेको अफगानिस्तान ४ अंक बनाएर शीर्ष स्थानमा छ।



