Sindhul Dainik

माधवलाई टक्कर दिने झलनाथको तयारी

Advertisement

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को असार (१६–२)) सम्म काठमाडौँमा हुने १) औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने योजना बनाइरहेको समयमा खनालले उनलाई टक्कर दिने भएका हुन् ।
दक्षिणपन्थी अवसरवाद अन्त्य गरी क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागु गर्न उम्मेदवारी दिन लागेको खनालले बताएका छन् । एमालेबाट विद्रोह गरेको फगत पद नमिलेर वा संविधानमाथि हमला भएरमात्र नभइ तत्कालीन नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादविरूद्ध विद्रोह गरिएको उनको दाबी छ । तर विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको खनालको भनाइ छ ।
बिहीबार रातोपाटीसँग खनालले अगाडि भने, ‘यसमा राजनीतिक, सैद्धान्तिक, वैचारिक, संगठनात्मक, कार्यशैली र नीतिगत पक्ष छ । यी कुरामा मतभिन्नता भएका कारणले विद्रोह भएको हो । यो विद्रोहलाई त्यो धरातल र उचाइबाट अझै पुष्टि गर्ने काम हुन सकेको छैन । महाधिवेशनमा यो कुरालाई पुष्टि गर्नुपर्ने आवश्यकता छ ।’
महाधिवेशनबाट फेरि अध्यक्षमा दोहोरिन माधव नेपालले भित्रभित्रै तयारी तीव्र पारिरहेका छन् । मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद(जबज) अहिले पनि उत्तिकै सान्दर्भिक भएको नेपालले बताउँदै आएका थिए । तर जेठ २) गते महाधिवेशन तयारी सम्बन्धमा राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले महाधिवेशनको दस्तावेज सर्वसम्मतिबाट अगाडि सारिएको स्पष्टीकरण दिए ।
‘हामीले राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम, सङ्गठनात्मक प्रस्ताव र विधान सर्वसम्मतिबाट अगाडि सारिएको हो । पार्टीको केन्द्रीय समितिबाट आएको सुझावलाई समेटेर मस्यौदा समितिले यी दस्तावेज बनाएका थियौँ । सर्वसम्मतिबाट दस्तावेज अगाडि सारिरहेका छौँ’, पत्रकार सम्मेलनमा उनको स्पष्टिकरण थियो । नेतृत्व चयनमा उनले सर्वसम्मत हुनुपर्नेमा जोड दिएका थिए ।
पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठले नेतृत्व चयनको विषयमा नीति र नेतृत्वको बहस महाधिवेशनमै हुने बताए । समाजवादी कार्यक्रम लागु गर्ने सम्बन्धमा कसैको दुई मत नभएको भन्दै उनले मार्गदर्शक सिद्धान्तमा मदनले प्रतिवादन गरेको जबजको सान्दर्भिकता अन्त्य नभएको जिकिर गरे । तथापि नीति र नेतृत्वको विषयमा नेपाल र खनालबिच टकराव देखिएको उनले स्वीकार गरे ।
‘नीति र नेतृत्वको बहस गर्ने थलो महाधिवेशन हो । पार्टीले अहिले सर्वसम्मत रूपमा एउटै दस्तावेज अगाडि सारेको छ । यो महाधिवेशनले पहिलो कुरा नीति, विचार र कार्यक्रमको टुङ्गो लगाउँछ । अर्काे, नेतृत्वको विषयमा सकेसम्म सर्वसम्मत हुन्छ, नभए प्रतिस्पर्धाबाट टुङ्गो लाग्छ । नेतृत्वको विषयमा म अहिले नै टकराव भयो भन्ने पक्षमा छैन । तर केही मतभेद छन’, श्रेष्ठले भने ।
नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच खुला रूपमै तयारी चलिरहेको छ । खनाल र नेपालबिच पार्टी नेतृत्वको विषयमा मात्रै नभइ सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा पनि उत्तिकै विवाद देखिएको छ ।
यसो त आम कार्यकर्तामाथि अत्यन्त गहिरो विश्वास रहेकाले महाधिवेशनमा जित्ने खनालको दाबी छ । मधेस प्रदेशबाहेक सबै प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेको उनले दाबी गरे ।
‘नेता तथा कार्यकर्ताहरू समाजवादी कार्यदिशामा समर्पित भएर लागेका छन् । नीति र नेतृत्वको बिचमा समन्वय गर्दै एउटा क्रान्तिकारी नेतृत्व निर्माण गर्ने कुरालाई कुनै कुराले पनि रोक्छ भन्ने लाग्दैन’, उनले भने ।
खनालले नीति र नेतृत्वबिच तालमेल नभए कम्युनिस्ट आन्दोलनमा ठुल्ठुला विग्रह भएको उदाहरण प्रस्तुत गरे । यो महाधिवेशनमा आफूले प्रस्ताव गरेको नीति र नेतृत्वबिच तालमेल भएर अनुमोदन हुनेमा उनको विश्वास छ ।
‘नीति र नेतृत्वबिच तालमेल नमिल्दा नेपालको कम्युनिस्ट आन्दोलनमा ठुल्ठुला विग्रह भएको छ । )१४ सालको दोस्रो महाधिवेशन र नवौँ महाधिवेशन यसको साक्षी हो । हामीले यी दुई घटनाबाट शिक्षा लिएर १) औँ महाधिवेशनमा जाँदैछौँ । जसमा नीति र नेतृत्वबिच तालमेल भएर अगाडि बढ्ने मलाई विश्वास छ’, खनालले भने ।
विद्रोहपछि क्रान्तिकारी पार्टी निर्माणमा नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो नभएको खनालको बुझाइ छ । सैद्धान्तिक, वैचारिक र नीतिगत रुपमा असान्दर्भिक भइसकेको जबजले समाजवादी कार्यक्रम लागु गर्न नसक्ने उनको तर्क ।
नेतृत्वको कमजोरीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई ठुलो धक्का लागेको पनि खनालले बताए । दक्षिणपन्थी गठबन्धन बनाएर जानुको सट्टा आवश्यकता अनुसार विचार मिल्नेसँग तालमेल गरी एकल प्रतिस्पर्धा गरेको भए प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले राष्ट्रिय मान्यता पाउने उनको दाबी छ । एमसीसी अनुमोदनमा नेतृत्वले खेलेको भूमिका निकै कमजोर भएको उनको विश्लेषण छ ।
‘नीति, सिद्धान्त, कार्यक्रम, निर्वाचन, एमसीसी लगायत राष्ट्रिय अजेण्डामा नेतृत्वले जुन पहलकदमी गर्नुपथ्र्यो, त्यसो भएन । यी सबै कमीकजोरीका विषयमा महाधिवेशनमा गम्भीर बहस गर्छौं’, खनालले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने, नभए निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गर्नेछौँ । पदाधिकारीसहित प्यानल बनाउने कि नबनाउने विषयमा महाधिवेशनको बेलामा नै तय गरिने छ ।’
महाधिवेशनमा करिब १४ सयदेखि १५ सयको हाराहारीमा प्रतिनिधि छानिएर आउने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतिनिधिको विषयमा अन्तिम टुङ्गो केही दिनमा लाग्ने उनले बताए । एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा एमालेका वर्तमान अध्यक्ष केपी ओलीलाई पराजित गरी खनाल पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष भएका थिए । २)५) सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि महासचिव भएका नेपाल २)६४ सालसम्म नेतृत्वमा थिए । संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुवै क्षेत्रमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।
काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशनमा नेपाल ओलीसँग झिनो मतले पराजित भएका थिए । २)७७ साल पुस ५ मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि पार्टीभित्रको विवाद झाङ्गिदै जाँदा नेपाल र खनाल २)७८ भदौ २ गते एमालेबाट अलग भएका थिए । अर्को वैकल्पिक पात्र खडा नभए वा सर्वसम्मत नेतृत्व चयनमा सहमति नभए नेपाल र खनालबिच पहिलो पटक महाधिवेशनमा प्रतिस्पर्धा हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...