Sindhul Dainik

प्रधानमन्त्री कप भलिबल लिगको फाइनल खेल आज

Advertisement

काठमाण्डौ – आठौँ प्रधानमन्त्री कप एनभीए पुुरुष तथा महिला भलिबल लिगको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल खेल्दैछन् । गण्डकी शीर्ष र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

हिजो भएको लिगको अन्तिम खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई र हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो । पुरुषतर्फको फाइनल खेल दिउँसो ३ बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । यस्तै तेस्रो स्थानका लागि पुलिस र आर्मी खेल्दैछन् ।

महिलातर्फ फाइनल खेलमा एभरेस्ट क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । हिजो भएको खेलमा पुलिसलाई ३–१ को सेटमा हराउँदै एभरेस्ट अपराजित रहँदै उपाधि नजिकै पुगेको हो । पुलिस लगातार चार खेल जित्दै यसअघि नै फाइनलमा पुगिसकेको थियो ।

महिलातर्फको फाइनल दिउँसो १ बजे हुनेछ । तेस्रो स्थानका लागि अहिले आर्मी र एपीएफ खेलिरहेका छन् । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ वटा टोली सहभागी थिए । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...