सिन्धुली । सुनकोसी नदीमा नुहाउन गएकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारबेसीमा डेरा गरी बस्ने मुका बहादुर हायूकी श्रीमति वर्ष ३० की चन्द्रकला हायु रहेकी छिन ।
सोमवार दिउँसो सुनकोसी नदीमा नुहाउन जाँदा हायुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार नदीमा नुहाउन गएकी हायु ढुङ्गामा चिप्लीएर ननदीमा वेपत्ता भएपछि खोजी गर्दा सुनकोस नदिको विच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।
‘नुहाउने क्रममा चिप्लीएर नदीमा डुबेकी हायूको स्थानीय प्रहरी, र आफन्तले खोजतलास गरी शव फेला परेको र पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ,’ प्रहरी प्रमुख काफ्लेले भने, ‘घटनाका बारेमा अनुसन्धान भईरहेको छ ।’
हायुको स्थायी घर गोलन्जोर गाउँपालिका ६ कै मेवाबोट हो ।



