Sindhul Dainik

मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा ट्रक पुरियो, राजमार्ग अबरुद्ध

Advertisement

सिन्धुली  । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ को कुँडुलेमा पहिरो खस्दा एउटा ट्रक पुरिएको छ भने राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दाराज काफ्लेका अनुसार बुधबार बिहान सडक माथीबाट लेदोसहित खसेको पहिरोले प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।
पहिरोमा ट्रक चालक पर्सा परवानीपुरका वर्ष २५ का रोशन पटेल भने सकुशल रहेका छन् ।
लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा पुरीएको ट्रक निकाल्न पहिरो पन्छाउने काम सुरु गरिएको काफ्लेको भनाई छ । पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको छ ।
मध्य पहाडी लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका ६ अक्करेभिर, वडा नम्बर ३ को काली आँप डाँडा, फिक्कल गाउँपालिका २ सुम्नामबेसीमा समेत पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।
यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
अबरुद्ध राजमार्ग खुलाउन यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर पहिरो पन्छाउने काम सुरु गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...