Sindhul Dainik

सिन्धुुलीमा लागु औषध बोकेको ट्रक सहित दुई जना पक्राउ

Advertisement

सिन्धुली । सिन्धुलीमा प्रतिबन्धीत लागुऔषध ओसार पसारमा प्रयोग भएको ट्रक सहित दुई जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्र.३–०१–००५ख ९२०५ नम्बरको ट्रक र उक्त ट्रकका चालक हरिवन नगरपालिका ३ सर्लाही बस्ने वर्ष २९ को किरण लामा र सहचालक लालबन्दी नगरपालिका ७ सर्लाही बस्ने वर्ष २६ को मुन्ना शेखलाई पक्राउ गरिएको हो ।
उनिहरुलाई विपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका ४ हिरापानी चेक पोष्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा ट्रकमा सहचालक मुन्ना शेख बसेको सिटको अगाडी ड्यास बोर्ड भित्र रहेको रातो प्लाष्टिक भित्र लागू औषध गाँजा जस्तो देखीने वस्तु २६ ग्राम र सोही प्लाष्टिक भित्र लागू औषध नेट्राभेट १० लेखिएको ट्याबलेट सहित पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।
थप अन्य दुई बोतलमा समेत लागु औषध बरामद गरिएको छ । उक्त बरामद भएको लागू औषध, गाडी सहित चालक र सहचालक समेतलाई रितपुर्वक पक्राउ गरी सिन्धुली अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिई अनुसन्धान भईरहेको समेत प्रहरी प्रमुख काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...