सिन्धुली । लेदो सहितको पहिरो खस्दा अबरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा आएको छ ।
मध्यपहाडी लोक मार्गको खुर्कोट –घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर १ कुँडुलेमा पहिरो खस्दा बुधबार बिहानदेखि अवरुद्ध लोकमार्ग दिउँसो बाट एकतर्फी संचालनमा आएको हो ।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सडकमा खसेको पहिरो पन्छाएर झण्डै ८ घण्टापछि लोकमार्ग एकतर्फी संचालनमा ल्याएको हो ।
लगातार परेको वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका ६ अक्करेभिर, वडा नम्बर ३ को काली आँप डाँडा, फिक्कल गाउँपालिका २ सुम्नामबेसीमा समेत पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
अबरुद्ध भएको तिनै स्थानमा गोलन्जोर गाउँपालिका र यान्त्रिक कार्यालय मूलकोटको सहयोगमा एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको छ । लोकमार्गमा दुबै तर्फ सडक खुलाउन भने अझै केही समय लाग्ने बताइएको छ । लोकमार्ग संचालन गर्न प्रहरी, जनप्रतिनीधि, स्थानीय लगातार खटिरहेका छन ।
बुधबार बिहानदेखि लोकमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए ।



