सिन्धुली । महिला तथा किशोरी माथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने भन्ने ज्ञानका लागि सिन्धुलीको हरिहरपुरगढीका किशोरीहरु आत्मरक्षा तालिम लिन थालेका छन् ।
दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन र प्रतिरोध गर्नका लागि आत्मरक्षा तालिममा सहभागि भएको किशोरीहरुको भनाई छ ।
मंगलबारबाट सुरु भएको तालिममा हरिहरपुरगढीका विभिन्न विद्यालयका २५ बढी किशोरीहरु सहभागि छन् ।
उनिहरुलाई वागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समिति सिन्धुलीले तालिमको आयोजना गरेको हो ।
महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ ।
तालिममा शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ ।
धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका पनि प्रशिक्षण दिइएको प्रशिक्षक रमिता उपाध्यायको भनाई छ ।
तालिममा सहभागि किशोरीहरुले तालिमबाट आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा बालिका, किशोरी तथा महिला माथि हुने हिंसाको प्रतिरोध र प्रतिरक्षाबारे जानकारी प्राप्त भएको बताए ।
महिला तथा कशिोरी माथि हुने शारिरिक र भौतिक आक्रमण विरुद्ध लड्न आत्मवल वढोस भन्ने उदेश्यले किशोरीहरु तालिममा सहभागि भएको युवा समितिका जिल्ला संयोजक हेम कार्कीले जानकारी दिए ।
महिलाहरु माथि हुने हिंसा उत्पीडन विरुद्धकको घटना भएकाले त्यसमा आफू स्वयमनै सजक हुनु पर्ने र त्यसको प्रतिरोध पनि आफैले गर्नुपर्ने भएकाले यस्तो तालिम उपयुक्त लागेर सहभागि भएको किशोरहिरुले प्रतिकृया दिएका छन ।
प्रशिक्षक द्धोय रमिता उपाध्याय र लिला तितुङले सहभागी किशोरीहरुहरुलाई प्रशिक्षण दिएका छन । उनिहरु बागमती प्रदेश युवा परिषदका प्रशिक्षकहरु हुन ।
तालिममा पालिकाका किशोरीहरुमा आफुमाथी शारिरिक तथा मानसिक रुपमा र भौतिक रुपमा हुने हिंसाका प्रतिरोध कसरी गर्न सकिन्छ र आफु कसरी सुरक्षित हुन सकिन्छ भन्ने आधारभुत ज्ञान प्रदान गरिएको छ ।
मंगलबारबाट शुरुभएको तालिम हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवाले एक कार्यक्रमका विच सुरुवात गरेका थिए ।




