Sindhul Dainik

तिनपाटनका किषानलाई कृषि यन्त्र उपहार प्रदान

Advertisement

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिले व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका कृषकहरुलाई कृषियन्त्र उपहार स्वरुप प्रदान गरेको छ ।
गाउँपालिकाको वार्षीक कार्यक्रम अनुसार पालिकाका १७ जना अगुवा कृषकहरुलाई कृषि सामाग्री मिनि पावर टेलर प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाका अनुसार तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलीको सहजिकरणमा गाउँपालिकाका विभिन्न वडाका १७ जना कृषकहरुलाई ५० प्रतिसत अनुदानमा कृषि यन्त्र प्रदान गरिएको हो ।
‘तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल विच भएको समजदारी अनुसार पालिकामा गठन गरिएका कृषि समुहका सदस्यहरुलाई तरकारी खेती तथा कृषि प्रयोजनको लागि मिनि पावर टेलर प्रदान गरिएको हो,’ थापाले भने ।
गाउँपालिकाले उक्त कार्यक्रम अन्तरगत पालिकाका ११ वटै वडामा कृषक महिला समुहहरु गठन गरेको छ ।
ति समुहका कृषकहरुको मागका आधार मिनि पावर टेलर, मिल, टनेल, पानी हाल्ने जारी, थ्रेसर जस्ता कृषियन्त्रका साथै विभिन्न किसिमका मौषमी तथा बेमौषमी तरकारी तथा फलफुलका विउहरु समेत वितरण गरेको छ ।
तिनपाटन कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको पालिका हो । यहाँको आम्बोटेलाई अदुवा, वडा नम्बर ८ लाई किवी, वडा नम्बर ७ लाई आलु र अन्य वडाहरुमा धान, मकै, कोदोका साथै तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिदै लगिएको छ ।
‘सोही लक्ष्य अनुसार किसानहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सहुलियत अनुदानमा कृषियान्त्रीकरणको वितरण कार्य गरिएको हो,’ अध्यक्ष थापाले थपे ।
तिनपाटन गाउँपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यावसयको सबैभन्दा ठुलो हिस्सा रहेको छ । स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघुउद्योग, जागिर साथै आन्तरिक र बैदेशिक रोजगारी भएपनि परम्परागत प्रणालिको कृषि व्यवसायको विकल्प छैन ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण र यान्त्रीकरणका लागि पनि यस्तो सामाग्रीले सहयोग पुग्ने निश्चित भएपछि पालिकाले हरेक वर्षजसो यस्ता कृषि यान्त्रीकरण वितरण गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...