Skip to main content

Sindhul Dainik

तिनपाटनका किषानलाई कृषि यन्त्र उपहार प्रदान

Advertisement

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिले व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका कृषकहरुलाई कृषियन्त्र उपहार स्वरुप प्रदान गरेको छ ।
गाउँपालिकाको वार्षीक कार्यक्रम अनुसार पालिकाका १७ जना अगुवा कृषकहरुलाई कृषि सामाग्री मिनि पावर टेलर प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाका अनुसार तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलीको सहजिकरणमा गाउँपालिकाका विभिन्न वडाका १७ जना कृषकहरुलाई ५० प्रतिसत अनुदानमा कृषि यन्त्र प्रदान गरिएको हो ।
‘तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल विच भएको समजदारी अनुसार पालिकामा गठन गरिएका कृषि समुहका सदस्यहरुलाई तरकारी खेती तथा कृषि प्रयोजनको लागि मिनि पावर टेलर प्रदान गरिएको हो,’ थापाले भने ।
गाउँपालिकाले उक्त कार्यक्रम अन्तरगत पालिकाका ११ वटै वडामा कृषक महिला समुहहरु गठन गरेको छ ।
ति समुहका कृषकहरुको मागका आधार मिनि पावर टेलर, मिल, टनेल, पानी हाल्ने जारी, थ्रेसर जस्ता कृषियन्त्रका साथै विभिन्न किसिमका मौषमी तथा बेमौषमी तरकारी तथा फलफुलका विउहरु समेत वितरण गरेको छ ।
तिनपाटन कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको पालिका हो । यहाँको आम्बोटेलाई अदुवा, वडा नम्बर ८ लाई किवी, वडा नम्बर ७ लाई आलु र अन्य वडाहरुमा धान, मकै, कोदोका साथै तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिदै लगिएको छ ।
‘सोही लक्ष्य अनुसार किसानहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सहुलियत अनुदानमा कृषियान्त्रीकरणको वितरण कार्य गरिएको हो,’ अध्यक्ष थापाले थपे ।
तिनपाटन गाउँपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यावसयको सबैभन्दा ठुलो हिस्सा रहेको छ । स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघुउद्योग, जागिर साथै आन्तरिक र बैदेशिक रोजगारी भएपनि परम्परागत प्रणालिको कृषि व्यवसायको विकल्प छैन ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण र यान्त्रीकरणका लागि पनि यस्तो सामाग्रीले सहयोग पुग्ने निश्चित भएपछि पालिकाले हरेक वर्षजसो यस्ता कृषि यान्त्रीकरण वितरण गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...